Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – गत माघ १३ गते राजधनीको गोकर्ण रिसोर्ट नजिकै रहेको भोटे मुश्लिम समुदायद्वारा संचालित नोर्लिङ रिसोर्टमा दुलहीको परिवार नै प्रहरीको फन्दामा परेको खबर छ। प्रसिद्द आरोही बाबुछिरी शेर्पाको छोरीलाई दुलही पक्षको माईतीले धोका दिए पछि बाबुछिरीपुत्री माईती नेपालको शरणमा पुगेकी हुन।

यता सोलुखुम्बु टाक्सिम्बु गाबिस निवासी हाल अमेरिकामा स्थाई बसोबास गरिरहेका ङवाङ शेर्पा सातजना सद्स्यहरुसहित छोरीको बिबाहको लागि अमेरिकाबाट नेपाल आएका थिए। उनिहरु नेपाल आएको थाहाभएलगत्तै बाबुछिरीको परिवारलाई ङवाङ शेर्पालाई गिरफ़्तार गरि प्रहरीमा बुझाएका थिए। पछि धेरै बिन्तीभाउ र आपासी समाझदारी पछि छोरीको बिबाहको लागि मात्र भनि प्रहरीको निगरानीमा उनलाई एक दिनको लागी छाडिएका थिए। पछि बिबाह सकिने बितिकै त्यहाँ सादा पोशाकमा रहेका तीन जना सुरक्षकर्मीले ङवाङ शेर्पालाई गिरफ्तार गरिएका हुन।

यस घटनाले बिभिन्न बहनामा अमेरिका पुगेका नेपालीहरुलाई अमेरीकी सरकारले उपलब्ध गराउदै आएको ग्रिनकार्ड रद्ध हुने प्रवल सम्भावना देखिएको छ।बिभिन्न बहनामा अमेरिका पुगेका नेपालीहरु पछिल्लो समयमा माओबादी पीडित भन्दै नेपालमा बस्ने बातवरण नभएको भन्दै अमेरिकामा बस्ने स्थाई अनुमतिको लागि बिभिन्न नक्कली कागजातहरु पेश गर्दै आएक छन। ग्रिनकार्ड पाएपछि आफुले छाडेको देशमा आउन नहुने त्यहाँका सरकारका प्रवधान छ तर नेपालीहरु भारतसम्म आउने टिकटको ब्यवस्थ गरेर भारतबाट स्थलमार्ग प्रयोग गर्दै नेपालमा आएर आफन्तसंघ भेटघाट गर्ने घर जग्गाको कारोबर गर्ने र आफ्नो तामझाम देखाउन ठूलठूला होटल रिसोर्टहरुमा बिभिन्न पार्टीहरु गर्दै आएका छ।

यस घटनाले राम्रो छनबिन भएमा माओबादी पीडित भएर अमेरिकामा ग्रिनकार्डको लागी आबेदन दिने र दिई सकेर लिई सकेकाहरुलाई समेत निश्चितरुपमा असर पर्ने संकेत देखिएको छ। **

तपाईको प्रतिक्रिया