Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सोफातिर, भुंइतिर सुतेका छौं, स्थिति दयनिय छ, सरकारले वास्ता गरेन 

Hk 3टोकियो – नेपालको त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमानलाई धानवमार्गबाट ४ दिनसम्म हटाउन नसकेपछि घर जान हिडेका सयौं नेपाली यात्रुहरु हङकङमा अलपत्र परेका छन् ।

हङकङ हुँदै नेपाल जान हिडेका नेपालीहरु हङकङमा अलपत्र परेका हुन् । जापान, कोरिया, अमेरिका, बेलायत, अष्ट्रेलियालगायतका मुलुकबाट हङकङलाई ट्रान्जिटमा पारेर नेपाल जान हिंडेका चार सय भन्दा बढि नेपालीहरु हङकङमा अलपत्र परेको जापानबाट नेपाल जाँदै गरेका बिष्णु थपलियाले बताए ।

थपलियाले टेलिफोनमा दिएको जानकारीअनुसार नेपाल जानका लागि दैनिक २ वटा जहाजका यात्रुहरु हङकङमा थपिने गरेका छन् । अन्य मुलुकका यात्रुलाई होटलमा बस्ने, खाने ब्यवस्था भए पनि नेपालीले भने यो बिजोग ब्यहोर्नुपरेको उनले बताए । हङकङमा नेपालीहरुलाई ट्रान्जिट भिसा नमिल्ने भएकोले यो अवस्था आएको उनीहरुको बुझाई छ । यस्तो स्थिति हुँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै उनीहरुले तिब्र आक्रोश पोखे । आफ़्ना नागरिक भोकभोकै बिदेशको ट्रान्जिट कक्षमा ३, ४ दिनसम्म विचल्ली हुँदा सरकारले कानमा तेल हालेर बसेको उनीहरुले आरोप लगाए । हङकङस्थित महावाणिज्यदूतमा सम्पर्क गर्न खोज्दा त्यहाँका सरकारी अधिकारी सम्पर्कमै आउन नचाहेको बताए ।

काठमाडौं विमानस्थलको अवरुध्द कहिलेसम्म हुने भन्ने कुनै टुंगो नभएकोले वैकल्पिक ब्यवस्था गरेर भए पनि गन्तब्यमा पुग्ने ब्यवस्था गरिदिनुपर्ने कोरियाबाट नेपाल फ़र्कन लागेका धादिङका बिहान श्रेष्ठले बताए । उनले भने – ‘४ दिनदेखि हङकङमा सोफातिर, भुंइतिर सुतेका छौं, स्थिति दयनिय छ, अन्तबाट आउनुभएका साथीहरुको पनि हालत उस्तै बिजोग छ ।’

काठमाडौंको धावनमार्गमा समस्या आएको जान्दाजान्दै पनि जापानबाट टिकट काटेर पठाउने ट्राभल एजेन्सीहरुले यात्रुहरुलाई पूर्व जानाकारी नगराएको पनि उनीहरुको गुनासो छ । जापानबाटै गएका कलंकीका रविन महर्जनले हिजोदेखि दैनिक २२५ हङकङ डलर उपलब्ध गराएकोले खानाका लागि समस्या नभए पनि सुत्नका लागि समस्या भएको बताए । ‘एक एकवटा ब्लाङकेट त दिएको छ, सोफातिर, कार्पेटमा भुंइतिर सुत्नपरेको छ । त्यो पनि खाली स्पेश ओगटेर बस्न नसके पाउन मुश्किल छ’,- उनले भने -‘२, ३ दिनको भिसा उपलब्ध गराएर होटलमा बस्ने ब्यवस्था गरिदिए राहत हुने थियो । सरकारले आफ़्ना सयौं नागरिकको विचल्लीप्रति बेवास्ता गरेकोमा दुख लागेको छ।’
Hk 1 Hk 2

Hk 5HKHonkong DiluHK diluko
HK Chirinjibi

तपाईको प्रतिक्रिया