Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं- नेकपा (एमाले)ले आफ्ना पार्टीका शुभेच्छुक व्यापारीहरूको अलग्गै सङ्गठन बनाउने भएको छ । पार्टीको अर्थ तथा योजना विभागले आफूनिकट व्यापारीहरूको सङ्गठन बनाउने तयारी गरेको हो ।
विभागले यस विषयमा उद्योगी व्यापारीहरूको सुझाव लिन सोमबार बोलाएको भेलाका सहभागी अधिकांश व्यापारीहरूले सकारात्मक प्रतिक्रिया दिएपछि आफूहरू यस्तो टुङ्गोमा पुगेको प्रमुख सुरेन्द्र पाण्डेले बताए । उनले यो प्रस्ताव छिट्टै पार्टीमा छलफलका लागि लैजाने जानकारी दिए । ‘तर, कुन ढाँचामा जाने भन्नेमा भने सुझाव सङ्कलन गरिरहेका छौँ’- उनले भने- ‘विषयगत सङ्घ र केन्द्रमा महासङ्घ तथा जिल्ला संघ र केन्द्रमा महासंघ- दुवै तरिकाबाट जान सकिन्छ ।’
भेलामा धेरै सहभागीले प्रस्तावको स्वागत गर्दै सङ्गठन निर्माण गर्न २० वर्ष ढिलो भए पनि अब ढिलो गर्न नहुने सुझाव दिएको पाण्डेले बताए ।
भेलामा प्रत्येक जिल्लाबाट सहभागिता गराउने प्रयास गरिएको थियो । तर, विविध कारणले अपेक्षित उपस्थिति नरहे पनि छिट्टै भव्य तयारीका साथ कार्यक्रम गरिने पाण्डेले बताए । ‘प्रत्येक जिल्लाका साथीहरूको सूची सङ्कलन गर्दछौँ, यसबाट उद्योगी-व्यापारीहरू हौसिएका छन्’- पाण्डेले भने- ‘मजदुर, किसान तथा अन्य समुदायलाई सङ्गठित गरेजस्तै व्यवसायीलाई पनि सङ्गठित गर्नु अहिलेको आवश्यकता हो ।’
भेलालाई सम्बोधन गर्दै अध्यक्ष झलनाथ खनालले मुलुकको आर्थिक विकासमा नेतृत्व दिन पनि व्यापारीहरूको सङ्गठन आवश्यक रहेको बताएका थिए । सोमबारको भेलामा जलस्रोत, चिनियाँ व्यापार, घरेलु उद्योग, गरगहना, पर्यटन र उद्योगसम्बद्ध व्यापारीहरूको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया