Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेपाली उद्योगपति विनोद चौधरीले छोरा राहुलको बिहेमा आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेका छन्।

मोदीलाई दुई छोराहरु  निर्वाण र राहुलसँगै भेटेर उनले निम्ता दिएका हुन्। माइक्रो ब्लगिङ साइट ट्वीटबाट भेटको जानकारी दिँदै चौधरीले लेखेका छन्, ‘राहुलको अर्को साता हुन लागेको बिहेको सिलसिलामा निर्वाण र राहुलसँगै प्रधानमन्त्री मोदीजीसँग भेट हुँदा खुसी लागेको छ।’ उनले भेटको तस्बिरसमेत सार्वजनिक गरेका छन्।

बिहेको निम्तो दिन पुगेका चौधरीले नेपालको राजनीतिक अवस्था र आर्थिक वातावरणबारेसमेत छलफल भएको जनाएका छन्। भारतीय प्रधानमन्त्रीको सरकारी निवास सेभेन रेस कोर्समा भएको भेटमा मोदीले विवाहको तयारीमा रहेका राहुल चौधरीलाई बधाइ तथा शुभकामना दिएको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ***

तपाईको प्रतिक्रिया