Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- एमाओवादी नेतृत्वमा रहेको १९ दलीय सङ्घीय लोकतान्त्रिक मोर्चाको विरोध र नाराबाजीका बाबजुद संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गठन गरेको संविधानका अन्तरवस्तुसँग सम्बन्धित प्रश्नावली तयार पार्ने प्रस्ताव निर्माण समितिको पहिलो बैठक शनिबार बस्ने भएको छ ।

संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार पहिलो बैठकको अध्यक्षता समितिका सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले गर्नेछन् । साथै पहिलो बैठकले समितिको कार्यविधि तयार पार्नुका साथै समितिका काम कारबाही कसरी अघि बढाउने भन्ने सम्बन्धमा छलफल गर्नेछ ।

एमाओवादी र मधेसवादी दलका सभासद् सहभागी नभए पनि समितिले आफ्ना कार्य अघि बढाउन सक्ने सत्तापक्षका सभासद्ले बताएका छन् । समितिलाई एमाओवादी र मधेसवादी दलका सदस्य नभए पनि आफ्नो कार्यदेश अघि बढाउने वैधानिक अधिकार भएको कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक सुरु भएपछि पाँच दिनको कार्यावधि पाएको यस समितिले संविधान निर्माणका मुख्य विवादित विषय राज्य पुन संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबाहेक अन्य सहमति हुन बाँकी विषयमा पनि प्रश्नावली तयार पार्नेछ । समितिले प्रस्तुत गरेका असहमतिका बुँदाहरूलाई केन्द्रित गरेर समितिले प्रश्नावली बनाउनेछ ।

तपाईको प्रतिक्रिया