Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आवश्यक परे एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चासँग वार्ताका लागि आफू पनि तयार रहेको बताउनुभएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै नेता देउवाले प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चाका नेता प्रचण्डसँग गरेको भेटवार्ताको समर्थन गर्दै आवश्यक परे आफै वार्ताका लागि तयार रहेको बताउनुभएको हो । यद्यपि अहिलेसम्म विपक्षीमोर्चाका कुनै नेताहरुसँग आफूले वार्ता नगरेको देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्रीले नै वार्ता गरिरहनु भएको छ, परि आयो भने म पनि विपक्षी मोर्चाका सबै शीर्ष नेताहरुसँग वार्ता गर्न तयार छु ।’

प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमै गएर भेटेको कुरालाई लिएर काँग्रेस विपक्षीसँग झुकेको हो त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा नेता देउवाले भन्नुभयो– ‘काँग्रेस वार्तामा विश्वास गर्ने पार्टी हो, त्यसैले प्रधानमन्त्रीले पार्टी सभापतिको नाताले एमाओवादी नेतृत्वसँग वार्ताको पहल गर्नुभएको छ त्यसलाई म सकारात्मक रुपमा लिन्छु, उहाँको पहलकदमीको म समर्थन गर्छु ।’

देउवाले संविधानसभाबाट पारित भएको प्रश्नावली प्रस्ताव समितिलाई कुनै पनि हालतमा खारेज गर्न नसकिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘संविधानसभाबाट पारित भएको प्रस्तावलाई उल्टान, सच्याउन, खारेज गर्नै मिल्दैन, एमाओवादीसहितका विपक्षी मोर्चा त्यही प्रश्नावली समितिमा आएर सहमति खोज्नुपर्छ, त्यसलाई खारेज गर्ने पक्षमा हामी छैनौं ।’

तपाईको प्रतिक्रिया