Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बेनी –  जिल्ला प्रशासन कार्यालय बागलुङले सेवाग्राहीमैत्री बनाउने भन्दै मुस्कानसहितको सेवा दिन सुरु गरेको छ । नेपालको सरकारी कार्यालय सेवाग्राहीमैत्री नभएको, कर्मचारीहरुको ब्यवहार नम्र र शिष्ट नपाईएको भन्ने गुनासो बढिरहेकै बेला जिल्ला प्रशासन कार्यालय बागलुङले यस्तो सेवा सुरु गरेको हो ।

सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन कर्मचारीलाई आचरण सुधार्न पनि जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ । नम्र र शिष्ट व्यवहार झल्काएर ‘हांसेर’ सेवा दिन थालिएको बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्राहीको समस्या पनि आफ़्नै समस्या ठानी कार्यसम्पादन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको बताउनुभएको छ । उहाँले जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरुलाई समेत मुस्कानसहितको सेवा दिन आग्रह गर्नुभयो ।
सरकारी कार्यालयमा व्यवस्थापनको अभाव देखिएको उहांको भनाइ छ ।

नेपालको सरकारी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने ब्यवहार र सेवा सन्तोषजनक नभएको बेला बेलामा चर्चाको बिषय बन्ने गरेको भए पनि त्यसको सुधारका निमित्त पहलकदमी खासै कतैबाट हुन सकेको थिएन । खासगरी विदेशमा बसेर नेपाल फर्केकाहरुले त्यहाँको सार्बजनिक महत्वका सरकारी कार्यालयहरु मालपोत, जिल्ला प्रशासन कार्यालय, नापी, भूमिसुधार, शिक्षा कार्यालय जस्ता ठाउँमा जाँदा त्यहाँका कर्मचारीबाट चित्तबुझ्दो सेवा नपाएको गुनासो अधिक सुन्नमा आउने गरे पनि यसको सुधारको सुरुवात कुन विन्दुबाट कसले गर्ने भन्ने बिषयमा भने कसैको ध्यान जान सकेको थिएन । ***

तपाईको प्रतिक्रिया