Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पानीट्याङ्की (मोरङ)- कलधाराको पानीको निकास विषयमा भएको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ ।

कलधारा पानीको निकास विषयमा बिहीबार भएको कुटपिटमा मोरङको थलाहा–७ स्थित हुरहरिया टोलका ६५ वर्षीय भुकरेत सरदारको मृत्यु भएको हो ।

मृतक भुकरेत सरदारको छिमेकी २५ वर्षीय सेवा सरदारसँग कलधारा पानीको निकासबारे भनाभन भएको थियो ।

भनाभनपछि आवेशमा आएका सेवो र उनकी पत्नी लक्ष्मीले वृध्द भुकरेत र उनकी बुहारी २५ वर्षीया सेता सरदारलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट भुकरेतको घटनास्थलमै मृत्यु भएको र घाइते भएकी बुहारीको स्थानीय अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

कुटपिटबाट भुकरेतको हत्या भएपछि आरोपी सेवा सरदार फरार भएकाले उनको खोजी भइरहेको र उनकी पत्नी लक्ष्मीलाई चाहिँ प्रहरीले नियन्त्रणमा लिएको छ । ***

तपाईको प्रतिक्रिया