Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

आगलागीमा परी ३५ वर्षीय विनोद केसी, उनको श्रीमती ३२ वर्षीया भागीरथी र छोरा ९ वर्षीय सुशील केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिए ।

आगलागीबाट जस्ताले छाएको पक्की घर पनि क्षतिग्रस्त भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीमा दुई वटा गाई र बाच्छासमेत मरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया