Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा- कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको क्रममा उकाली चढेको सरकार उकाली पनि चढ्दै र विपक्षी मोर्चालाई पनि पर्खँदै अगाडि बढ्ने बताएका छन् ।

गणेशमान सिंह शतवार्षिकी अवसरमा शुक्रबार बिहान पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘अर्को पाँच दिन पर्खिने अर्को चौतारी हो, पर्खँदा पनि सहमति भएन भने अगाडि बढ्ने हो ।’

उपसभापति पौडेलले लोकतान्त्रिक प्रक्रियाको सुन्दरता बहुमतबाट विषयको छिनोफानो गर्ने नै भएकाले सहमति नभएमा बहुमतीय पद्धतिबाटै संविधान जारी हुने बताए ।

आफूहरुले सहमतिको लागि हदैसम्म लचक भएपनि विपक्षी मोर्चाले अड्को थापेकाले सहमति हुन नसकेको प्रष्ट पार्दै उनले केही व्यक्तिले सहमतिको नाममा रचेको प्रपञ्च सफल नहुने दाबी पनि गरे ।

अघिल्लो संविधानसभामा लोकतन्त्र पक्षधरसँग बहुमत नभएको स्मरण गर्दै उहाँले त्यही कारणले शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली तथा सङ्घीयताको विषयमा पनि आफूहरु लचकदार भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया