Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाण्डाै– देशमा राजतन्त्र फर्काउन सकिने वा नसकिने विषयमा तानावाना बुनेर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डाै फर्किएको समाचार छ । उनले दमकस्थित आफ्नै हिमालयन टि बगानमा आफू निकटहरूसँग बसेर देशको वर्तमान परिस्थिति र भविष्यको बारेमा छलफल गरेको बुझिएको छ ।
उनकै वालसखा प्रभुशमशेर जवरा, पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंह, पूर्वसैनिक सचिव शान्तकुमार मल्ल, रेणु राणा, करुणा राणा र प्रभुशमशेर पत्नी राज्य राणालगायतका अति निकटसँग बसेका थिए ।
दमक वसाइमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको उच्च स्रोतले बताएको छ । बसाइका क्रममा पूर्वराजाले आफ्नो निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डाक्टर फणीराज पाठकलाई पनि राखेका थिए ।
देशमा तोकिएको समयसीमामा नयाँ संविधान बन्न नसकेको अवस्था र प्रतिपक्षी दलले घोषणा गरेको सडक आन्दोलनको विषयमा पनि गहन छलफल भएको साथै यस अवस्थामा राजतन्त्र फर्काउन सकिने नसकिने विषयमा पनि निकटहरूसँग कुराकानी भएको स्रोतले जनाएको छ ।
त्यसो त उनको छोरा पारश शाह थाइल्याण्डमै बस्न थालेपछि नाति ह्रदयेन्द्रको लागि वातावरण तयार पार्न खोजिएको बुझिएको छ ।
स्रोतका अनुसार छलफलमा अबको राजतन्त्रको भूमिका कस्तो रहने, यसको लागि राजतन्त्रको पक्षधरहरूले खेलेको र खेल्नुपर्ने भूमिकाको बारेमा गम्भीर छलफल भएको समाचार छ ।***

तपाईको प्रतिक्रिया