Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाण्डाै-सरकारले आवश्यक पूर्वाधारबिना नै नेपाल प्रहरीमा १० हजार जवान थप्ने तयारी गरिरहेको समाचार छ । भएका जनशक्तिलाई चाहिने भौतिक संरचना व्यवस्थित नगरी सरकारले मुलुकलाई दीर्घकालीन आर्थिक भार पर्ने गरी ठूलो संख्यामा जनशक्ति थप्न लागेको हो ।

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जनशक्ति थप्ने विषयमा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग छलफल भैरहेको बताए । ‘१० हजार प्रहरी थप्न प्रस्ताव गरेका छौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षबाट प्रस्ताव कार्यान्वयनमा लैजाने हाम्रो योजना हो ।’

६७ हजार चार सय ८० जनशक्ति कार्यरत प्रहरीमा ७५ जिल्लाका दूई हजार तीन सय ३५ मध्ये एक हजार चार सय ३८ कार्यालयमा शौचालयको पनि छैन । भएका शौचालयको अवस्था पनि सरसफाइ र ढल निकास नहुँदा रोग फैलने त्रास छ । एक हजार चार सय ७३ कार्यालय व्यारेकबिहीन छन् । एक हजार छ सय चार कार्यालयमा मेस/भान्सागृह छैन । आजको कारोबारमा खबर छ । ***

तपाईको प्रतिक्रिया