Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

हेटौँडा- संविधानसभाबाट संविधान आउने अनिश्चित भएकाले जनमतसंग्रहबाट संविधान बनाउनुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताउनुभएको छ ।

दिगो र चिरस्थायी संविधान निर्माण गर्न जनताको प्रत्यक्ष अभिमत महत्वपूर्ण हुने भएकाले जनमतसंग्रहबाटै संविधान निर्माण आवश्यक भएको उहाँको भनाई थियो ।

संविधान निर्माणका क्रममा देखिएका विवादित विषयको छिनोफानो जनमत सङ्ग्रहबाट भए सबैलाई स्वीकार्य हुने र त्यो नै उच्चतम प्रजातान्त्रिक अभ्यास हुने उहाँले बताउनुभयो ।
पार्टीको केन्द्रीय कार्यक्रम ‘हरेक वडामा राप्रपा नेपाल हरेक क्षेत्रमा राप्रपा नेपाल’ अन्तर्गत मकवानपुर जिल्लाको हेटौँडामा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपालले एउटा धारको नेतृत्व गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – सहमतिको प्रयास असफल भएको र विधि तथा प्रक्रियामा पनि अवरोध आएकाले अबको एकमात्र विकल्प जनमत सङ्ग्रह हो ।
राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले यो कार्यक्रमलाई प्रभावकारी रुपमा देशव्यापी रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया