Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा चर्चा चुलिएसँगै चर्चित लोकगायक पशुपती शर्मा र गायिका टिका पुनले चलचित्रका गीतमा पनि आवाज दिएका छन् ।

हाँस्य कलाकार एवं चलचित्र निर्देशक निर्मल शर्मा (गैंडा)ले निर्देशन गर्न लागेको ‘ब्रास्लेट’ मा गायक पशुपति र टिका पार्श्व गायनमा डेब्यू गरेका हुन् । चलचित्रलाई केशब भट्टराईले निर्माण गर्नेछन् ।

चलचित्रको कथाबस्तु अनुसार लोक फ्लेवर कै गीत रहने भएकाले पशुपति र टिकालाई लिईएको निर्देशक शर्माले बताए । दीपक शर्माको संगीत रहने उक्त गीतलाई गायक पशुपति र टिकाले गाएपछि उनीहरुका फ्यानहरुले धेरै चासोको साथ लिएका छन् । तर गीतबाट उनीहरुलाई कस्तो सफलता मिल्ने हो त्यो भने गीत रिलिजपछि नै थाहा हुनेछ ।

चलचित्रका गीतमा आफुले पनि आवाज दिन पाउँदा गायक पशुपति र टिकाले खुशी भएको बताए । चलचित्र ‘ब्रास्लेट’को आगामी फागुन महिनाको अन्त्यतिर सुटिङ शुरु हुने निर्देशक शर्माले जानकारी दिए ।

brasletजया ओझाको लेखन रहेको सस्पेन्स थ्रीलर जनराको यस चलचित्रमा जीवन लुईटेल र राजनी केसी मुख्य भूमिकामा रहने सम्भावना बलियो देखिएको छ । ***

तपाईको प्रतिक्रिया