Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन- राहदानी बनाउन काठमाडौं धाउने दिन गए । घरबाटै राहदानीको निवेदन भर्नुस । यो सुविधाले समय र झन्झटलाई हटाउछ । यो सुविधा चितवनमा लागु भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले अब सेवाग्राहीलाई एसएमएसबाटै राहदानी आए नआएको बारेमा जानकारी दिने भएको छ ।

सेवाग्राहीको सहजताका लागि उक्त प्रविधिको प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले जानकारी दिनुभयो । अब आउने लटको राहदानी एसएमएसबाटै जानकारी दिने तयारी गरेको उहाँले बताउनुभयो ।

तपाईंको राहदानी आयो अथवा तपाईंको राहदानी बन्न सकेन, कार्यालयमा सम्पर्क गर्नुहोलालगायत सन्देश एसएमएसबाटै सेवाग्राहीको मोबाइलमा जाने गर्दछ । उक्त सेवाका लागि आवश्यक उपकरण आइसकेको र प्रविधि जोड्ने कामसमेत अन्तिममा पुगेको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा हरेक १५ दिनेको अन्तरालमा राहदानी आउने गरेको छ । मासिक करिब तीन हजार राहदानी यहाँबाट बन्दै आएको प्रजिअ डा विकेले बताउनुभयो । सेवाग्राहीलाई न्युनतम ४५ दिनको म्याद दिएर राहदानी लिन आउन भनिएको हुन्छ । “अब त्यो पनि भन्नुपरेन, उहाँले भन्नुभयो । मोबाइल सन्देश कुरेर बसे हुन्छ ।”
कार्यालयको सेवा सुविधा प्रभावकारी बनाउँदै पारदर्शिताका लागि यस्तो कार्यक्रम यहाँ ल्याउन लागिएको हो । फागुन पहिलो हप्ताबाट लागू गरिने तयारी छ ।

तपाईको प्रतिक्रिया