Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- सरकारले दशदिनभित्र ग्यास आपूर्तिको सहज व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।
मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव हटाइ ग्यास आपूर्ति सहज तुल्याउन स्पष्ट कार्ययोजनासमेत तयार गर्न निगमलाई निर्देशन दिएको हो ।
त्यसैगरी बैठकले आगामी वैशाख २ गतेभित्र सबै क्षेत्रका सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीले पाठ्यपुस्तक पाउने सुनिश्चितताका लागि प्रकाशन र वितरण भरपर्दो व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
साझा प्रकाशन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई समन्वयात्मक एवम् योजानाबद्ध ढङ्गले कार्ययोजना तयारी गरी बेलैमा पाठ्यपुस्तक देशभर पु¥याउन पनि बैठकले निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीका अनुसार बैठकले ग्यास आपूर्ति सहज बनाउन थप पूर्वाधार विकास गर्नेगरी कार्य अघि बढाउन तथा न्यूनतम एक महिना पुग्ने गरी मौज्दातको व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिएको छ ।

बैठकमा अर्थ, गृह, वाणिज्य तथा आपूर्ति, शिक्षा, सामान्य प्रशासन, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्रका सचिवका साथै अन्य सम्बन्धित निकायका अधिकारीहरूको सहभागिता थियो । रासस

तपाईको प्रतिक्रिया