Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी बोर्डको बैठकले नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने निर्णय गरेको छ ।

हालै नामिबियामा सम्पन्न आईसीसी विश्व लिग क्रिकेट डिभिजन दुईको तेस्रोमा केन्या र चौथोमा नेपाल छनोट भएको थियो । नामिबियामा डिभिजन दुईको उत्कृष्ट खेल प्रदर्शन गरेका कारण नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको हो ।

दुबईमा भएको बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यवाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिए ।

नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्यान्ड, पपुवा न्यूगिनी, स्कटल्यान्ड र युएईसँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ । यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई–दुई खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया