Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- एकीकृत नेकपा माओवादीले आफ्ना सभासद् कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको छ ।

सो पार्टीको आज सिंहदरबार संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा अहिलेको परिस्थितिका बारेमा समीक्षा हुनुका साथै सत्तापक्ष दल, सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुरुप कुनै पनि संसदीय समितिमा उपस्थित नहुने निर्णय गरेको हो ।

एमाओवादीले थालेको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन सबै सभासद् आ–आफ्नो क्षेत्रका जनतामा जाने र संधिवानसभा भएका गतिविधिका बारेमा सत्ता पक्षले फैलाएका भ्रम चिर्ने निर्णय भएको एमाओवादी नेता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

बैठकले संविधानसभाका समेत कुनै पनि समितिमा उपस्थित नहुने निर्णय गर्दै तत्काल फागुन १६ गतेसम्म काठमाडौँमा हुने जनप्रदर्शनको कार्यक्रम भए पनि सरकारी रबैया हेरेर थप आन्दोलन घोषणा हुने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया