Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – जापानमा रहेका तामाङ समुदायले आज टोकियोमा विविध साँगीतिक कार्यक्रमका साथ २८५१ औं सोनाम ल्होसार मनाएका छन् । नेपाल तामाङ समाज जापानको आयोजनामा भएको ल्होसार कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु लोकगायिका इन्दिरा गोले गुरुङ र युवा गायक बिशाल काल्तानको साँगीतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

जापानको चिसोचिसो मौसमलाई कलाकारहरुको आकर्षक साँगीतिक प्रस्तुतीले माहौल गर्मागर्मी बनाउनुका साथै उपस्थित दर्शकहरुलाई छमछमी नचाएको थियो ।

कार्यक्रममा लोकगायिका इन्दिराले फ्याफुल्ला तामाङ गीत, ए होई ज्यानै खायो तिम्रोे मायाले, जोवान मेरो अल्लारे हाम्रो प्रीतिकोे हल्लाले लगायतका आफ्ना आधा दर्जन बढी चर्चित गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेकी थिइन् । दर्शकहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा इन्दिराले आफु जापानमा नभई नेपालमा भएको भान भएको बताएकी थिईन् । तामाङ युवायुवतीहरुलाई तामाङ सेलोमा नचाउदै गरेकी उनले ल्होसारको अवसरमा जापानबासी सम्पुर्ण नेपालीहरुमा समेत ल्होसारको शुभकामना व्यक्त गरेकी थिईन ।

त्यस्तै युवा गायक बिशालले पनि आधा दर्जन जति गीत गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए । दर्शकबाट लगातार वान्समोरको माग आएपनि उनले समयको अभाव भन्दै मादलै बज्यो झ्याउरेको, ङा खाबा ह्यार्सी, गादेजेवा जामेकोद, मैनामैना लगायतका तामाङ भाषाका गीतहरु पनि गाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्र्रस्तुतीले समेत उपस्थित युवायुवती दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

IMG_0835प्रमुख अतिथिका आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले सोनाम ल्होसारको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्नुका साथै छिटो भन्दा छिटो एमआरपी राहदानी बनाउन जापानबासी नेपालीहरुलाई आग्रह गर्नुभयो ।

औपचारिक कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष एवं समारोहका सभापति सुकमान थिङ तामाङले ल्होसारको शुभकामना ब्यक्त गर्नुका साथै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक सञ्जिव स्याङतानको स्वागत मन्तब्य रहेको सो ल्होसार कार्यक्रमलाई शिक्षा शान्ती वाईबाले सञ्चालन गर्नुभएको थियो ।

IMG_0771 IMG_0785 IMG_0793 IMG_0799 IMG_0807 IMG_0824 IMG_0837 IMG_0861 IMG_0863 IMG_0901 IMG_0922

तपाईको प्रतिक्रिया