Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- वैदेशिक रोजगार विभागमा दर्तै नभएको एक म्यानपावर एजेन्सीले आकर्षक लतवको प्रलोभन देखाई सयभन्दा बढी व्यक्तिसँग करोडौँ रुपैया ठगेको छ।
मरिसस, फ्रान्स, अमेरिका र क्यानडा पठाउने भन्दै जनही ३० हजारदेखि २ लाख रुपैयासम्म् असुलेर ‘मकालु ह्युमन रिसोर्स’ नामक नक्क्ली म्यानपावर बन्द भएको हो।

भिसा प्रोसेसिङका लागि भन्दै उसले १ करोडभन्दा बढी असुलेको थियो।

एजेन्सी सञ्चालक काभ्रेका जयराम मगर कार्यालय बन्द गरेर सम्पर्कबिहीन भएका छन्। ‘एक सातादेखि कार्यालय बन्द भयो, सञ्चालक कर्मचारी कोही आउँदैनन्,’ ठगिएका नुवाकोटका दीपक कँडेल भन्छन्, ‘कार्यालय खुल्छ कि भनेर हामी ३०÷४०जना साथी सधैजसो पुग्छौँ तर अत्तोपत्तो छैन।

तपाईको प्रतिक्रिया