Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – १९ औं लाङघाली साँझका लागि आएका कलाकारहरुलाई मगर संघ जापानले सोमवार एक समारोहको आयोजना गरी बिदाई गरेको छ ।

कलाकारहरु तेरिया फौजा मगर, तेरियाकी आमा अनिता फौजा मगर, दिपसागर थापा मगर र मैना रेश्मी मगरलाई बिदाई गरिएको हो । कलाकारहरुलाई मगर संघका अध्यक्ष थानबहादुर राना मगरले मायाको चिनो उपहार र खादार्पण गरी विदाई गरेका हुन् ।

विदाई मन्तब्य राख्दै अध्यक्ष राना मगरले कलाकारहरुसंग विदाई हुनुपर्दा नरमाईलो लागे पनि मिलन पछिको बिछोडलाई आत्मसाथ गर्नुको विकल्प नरहेको विचार ब्यक्त गरे ।

इकेबुकुरोस्थित लिटिल बुध्द रेष्टुरेन्टमा भएको सो बिदाई कार्यक्रममा १९ औं लाङ्घाली साँझका संयोजक नविन थापा मगरले कलाकारहरुलाई धन्यबाद ज्ञापन गरे ।

संघका पूर्व अध्यक्ष शैलेन्द्रविक्रम थापा मगर, प्रमुख प्रायोजक ज्यो सुजुकी, उपाध्यक्ष दीपक बुदुजा मगर,  मयुर कर्पोरेशनका कार्यकारी प्रमुख अरुणकुमार श्रेष्ठ, फ़ोटोग्राफ़र लवकुमार बुढाथोकी लगायतले  कलाकारहरुलाई मायाको चिनो उपहार प्रदान गरेका थिए ।

विदाईमा तेरियाले करिव १० दिनको जापान बसाई अत्यन्तै रमाईलो, अविस्मरणीय र ज्ञानबर्धक रहेको प्रतिक्रिया दिईन् । जापानका नेपालीहरु अत्यन्तै सहयोगी, मिलनसार र मिहिनेती रहेको तेरियाले बताईन् । तेरियाले सबै कलाकारहरुको तर्फ़बाट आयोजक, दर्शक, शुभचिन्तक, समुद्रपारि डट कम लगायत सबै मिडिया र समस्त जापानवासी नेपालीहरुमा हार्दिक धन्यबाद ब्यक्त गरिन । अवसर जुरेमा फेरि पनि जापान आउन आफ़ु ईच्छुक रहेको उनले बताएकी छिन । उनीहरु आज नेपाल पुगिसकेका छन् ।

कलाकारहरुलाई आयोजक संस्थाका पदाधिकारीहरुले हिजै सांझ नारिता विमानस्थलमा बिदाई गरेका थिए । फ़ोटो :-  लवकुमार बुढाथोकी
Love 1 love 2 Love 3 Love 4 Love 5 love 6 love 7 love 8 Love 9 Love 10 Love 11
Love 12

तपाईको प्रतिक्रिया