Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

तमु धीं जापानको अध्यक्षमा पुन: भीम गुरुङ

Goodटोकियो – गुरुङ समुदायको एक महत्वपूर्ण पर्व ल्होसार विविध साँगीतिक कार्यक्रम गरी हर्षोल्लासका साथ गत शुक्रवार टोकियोमा मनाईएको छ ।  तमु धीं जापानले आयोजना गरेको २० औं ल्होसार सांझमा थुप्रै कलाकारहरुको साँगीतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

अतिथि कलाकारकारुपमा आमन्त्रित चलचित्रका नृत्य निर्देशक अरमान गुरुङ र साथमा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको ल्होसार साँझको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले पानसमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. भट्टराईले बिदेशी भूमिमा रहेर पनि तमु समुदायले आफ़्नो, कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने कार्यमा देखाएको सक्रियता सह्रानीय रहेको बताउँदै २० औं ल्होसारको हार्दिक शुभकामना ब्यक्त गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष भीम गुरुङको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष श्रीमती अनिता गुरुङले मन्तब्यमार्फत अतिथिहरुको स्वागत गर्नुका साथै ल्होसारको शुभकामना दिनुभएको थियो । समारोहमा आदिवासी जनजाती महासंघ जापानका सह-अध्यक्ष पासाङ शेर्पा, एनआरएन आईसीसीका सदस्य ओम गुरुङलगायतको पनि ल्होसारको शुभकामना मन्तब्य रहेको थियो ।

कार्यक्रममा अतिथि कलाकार अरमान गुरुङलाई धीका अध्यक्ष भीम गुरुङ र २० औं ल्होसारका संयोजक श्री गुरुङले खादा र फूलको गुच्छाले स्वागत एवं सम्मान गर्नुभएको थियो ।

7साँगीतिक कार्यक्रमको प्रारम्भमा अतिथि कलाकार अरमान गुरुङ, स्थानीय कलाकार अमर गुरुङ र बिमला गुरुङले गुरुङ भाषाको सामुहिक गीत गाएर स्वागत गर्नुभएको थियो ।लगत्तै अरमान गुरुङले गुरुङ भाषाका गीत तथा नृत्य पस्केर दर्शकहरुलाई नचाउनुभएको थियो भने स्थानीय कलाकार अमर गुरुङ र बिमला गुरुङले पनि गुरुङ गीतहरु गाएर दर्शकहरुको मन जित्न सफल हुनुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरु अनिशा गुरुङ, मौनता गुरुङ, रोश्ना गुरुङ, सरिता लामा, जुना थापा, लिला गुरुङ, गौशान्ति गुरुङ, रिता गुरुङ, ममता गुरुङ, अनिता गुरुङ, कल्पना तामाङ, सम्झना योञ्जन र आशिष गुरुङले नृत्य प्रस्तुत गर्नुभएको थियो भने अमर गुरुङ, बिमला गुरुङ, युक्तमान गुरुङ र प्रविण गुरुङले आधुनिक गीतहरु गाउनुभएको थियो ।

उत्साहबर्धक दर्शकहरुको उपस्थिति रहेको सिन्जुकु युनिभर्सल हलमा भएको सो कार्यक्रममा स्थानीय गायक युक्तमान गुरुङले ‘जोमसोम मै बजार……’, भन्ने गीत गाएर दर्शकहरुलाई तताएका थिए ।

सो अवसरमा नयां वर्षका अवसरमा आयोजित विभिन्न कार्यक्रमका लागि जापान आउनुभएका कलाकारहरु राजु लामा, पूजा गुरुङ, तिलकबम मल्ल र ज्योति मगरलाई पनि तमु धीं जापानले सम्मान गरेको थियो ।
ल्होसारकै अवसरमा तमु धीं जापानको कार्यसमितिमा सामान्य हेरफेर गर्दै पुनः भीम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्री गुरुङ, उपाध्यक्षद्वयमा अनिता गुरुङ र पदम गुरुङ, महासचिब अमर गुरुङ, सचिब सौगात गुरुङ, कोषाध्यक्ष प्रकाश गुरुङ र सहकोषाध्यक्षमा सुरज गुरुङ चयन हुनुभएको छ । यसैगरी आर्थिक सदस्यमा मनोज घले र लिल गुरुङ, महिला संयोजक अनिला गुरुङ, युवा संयोजक लिल गुरुङ, संस्कृति संयोजक याम गुरुङ, उपसंयोजक युक्तमान गुरुङ, प्राबिधिक संयोजक जितमान गुरुङ, भिडियोग्राफी संयोजक खड्कसिंह गुरुङ, होमपेज ब्यवस्थापन संयोजक ओम प्रकाश गुरुङ, मिलन गुरुङ र ताईकाजी गुरुङ रहनुभएको छ । यसैगरी सदस्यहरुमा शर्मिला गुरुङ, सुमन गुरुङ, बुद्ध गुरुङ, चित्र गुरुङ, हिमाली गुरुङ, बिष्ट गुरुङ र अमृत गुरुङ चुनिनुभएको छ ।

8यसैगरी संरक्षकहरुमा ईश्वर गुरुङ, दिनेश गुरुङ र ओम गुरुङ रहनुभएको छ भने सल्लाहकारहरुमा ओमप्रकाश गुरुङ, गणेश गुरुङ, राम गुरुङ, हर्क गुरुङ, यमा गुरुङ (शेरचन), कर्ण गुरुङ र खड्कसिंह गुरुङ चयन हुनुभएको छ ।
यसैगरी सो अवसरमा तमु धींको बिधानअनुसार जापानी येन ३० हजार प्रदान गरी आजीवन सदस्य बन्ने पुरुषहरुलाई फेटा र महिलालाई सल ओढाएर सम्मान गरिएको छ । जसअनुसार आजीवन सदस्यहरुमा ईश्वर गुरुङ, दिनेशकुमार गुरुङ, भीम गुरुङ, ओम गुरुङ, मनोज घले, यमा गुरुङ -शेरचन) पदम गुरुङ, अमृत गुरुङ, खड्कसिङ गुरुङ, राजेन्द्र गुरुङ, बुद्धि गुरुङ, ताईकाजी गुरुङ, जीवन गुरुङ, बुद्ध गुरुङ, भीमकुमारी गुरुङ, निलबहादुर गुरुङ, गुनीमाया गुरुङ, भुनकुमारी गुरुङ, हिता गुरुङ, हर्क गुरुङ, सिमला गुरुङ, याम गुरुङ र रमेशकुमार गुरुङ हुनुहुन्थ्यो । 9

यसैगरी कार्यक्रममा १० हजार येन आर्थिक सहयोग गर्ने तेज गुरुङ, आईकञ्ची शेर्पा, देउराली पञ्चेबाजा समूह र कल्पना लामालाई खादार्पण गरी सम्मान गरियो ।

यसैगरी ल्होसार कार्यक्रमकै अवसरमा बेज्र मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको पहिलो प्रस्तुती गुरुङ चलचित्र ‘भ्रें’ अर्थात् ‘पाहुना’ का निर्माण समुहका सदस्य युक्तमान गुरुङले धींका अध्यक्ष भीम गुरुङलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । गत वर्ष तमु धीले मे महिनाको २५ मा टोकियोमा उक्त चलचित्र प्रदर्शन गरेको थियो । चलचित्र प्रदर्शन गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै सो अवसरमा उक्त चलचित्र निर्माता समुहद्वारा श्री गुरुङ, अमर गुरुङ, हर्क गुरुङ र खड्कसिंह गुरुङलाई पनि प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा, समारोहका सभापति एवं संस्थाका अध्यक्ष भीम गुरुङले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै ल्होसारको शुभकामना ब्यक्त गर्नुभएको थियो । गत शुक्रवार भएको उक्त कार्यक्रमको महासचिव अमर गुरुङ र माया गुरुङले सञ्चालन गर्नुभएको थियो । तस्वीर : श्री गुरुङ ***

1011
123456

तपाईको प्रतिक्रिया