Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

 तेरियाले भनिन् – ‘बांकी कार्यक्रम हेर्न जनवरी १ तारिख सिन्जुकु आउनुहोला’

Best 5जापान – पछिल्लो समयमा विदेशका विभिन्न कार्यक्रमहरुमा अत्यन्त व्यस्त हुँदै आएकी डिआइडि लिटिल माष्टर्स उपाधि चुमेकी तेरिया फौजा मगरले आइतबार जापानको राजधानी टोकियोमा धुम मच्चाएकी छिन् ।

नयाँ वर्षको अवसरमा मगर संघ जापानले आयोजना गरेको १९ औं लाङ्घाली साँझमा उनले आफ़्नो जादुमय नृत्यबाट उपस्थित दर्शकहरुलाई मोहित तुल्याईन् ।

इकेबुकुरो बुन्का सेन्टरको सभाहलमा सम्पन्न लाङ्घाली साँझमा नृत्याङ्गना तेरिया फौजा मगरलाई हेर्न अध्ययन, अनुसन्धान, रोजगार र ब्यवसायको सिलसिलमा जापानमा रहेका नेपाली तथा जापानीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

खचाखच दर्शकहरुको बिचमा आफ़्नो आकर्षक नृत्य प्रस्तुत गर्दै तेरियाले भारतीय जिटिभीको रियालिटी सो डिआइडिमा आफुलाई अमूल्य भोट गरी विजय बनाउन मद्दत गरेकोमा सबै जापानबासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले भनिन् – ‘मलाई अझ धेरै प्रगति गर्नुछ, आगामी दिनहरुमा पनि हजुरहरुको साथ र सहयोग अवश्य पाउनेछु भन्ने अपेक्षा गरेकी छु । समयको अभावले आज चाहेजति प्रस्तुती दिन सकिएन बांकी जनवरी एक तारिख सिन्जुकुमा हेर्न आउनुहोला है।’

Best 1धेरै दर्शकहरु डिआइडी लिटिल माष्टर्स सिजन-३ का विजयी तेरियालाई हेर्नका लागि मात्रै पनि टोकियो बाहिर टाढा टाढाबाट पनि आएका थिए ।

कार्यक्रममा प्रमुख आकर्षण बनेकी तेरियाले आफ़्नो मनमोहक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शक युवायुवतीलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । तेरियाको हरेक नृत्यसंगै दर्शकहरुको तालीको गडगडाहट र वान्स मोरको हुटिङले हल नै गुञ्जायमान बनेको थियो । तर दर्शकहरुको वान्स Pro 1मोरलाई समयको पावन्दीका कारण आयोजकले पुरा गर्न भने सकेनन् ।

त्यस्तै कार्यक्रममा अर्का नेपालबाट आमन्त्रित  चर्चित लोक तथा दोहोरी गायक दीपसागर थापा मगरले उपस्थित दर्शकहरुलाई संगीतको तालमा छमछमी नचाए । राष्ट्रप्रेमले ओतप्रोत ‘मेरो देश नेपाल……. पुर्खाले देखाएको बाटोमा हिड्ने म….’ बोलको गीत गाउँदै स्टेज उक्लिएका गायक दीपसागर उक्त गीत Best 11सकिन नपाउँदै ‘रोएको देखे सपनी, तिमी एक्लै रोएको देखेर तिमीसँगै रोए म पनि…..’ गाउँदा आफ़्नो प्रेमीप्रेमीकासँग टाढिएर जापानमा रहेका युवायुवतीहरुलाई भावुक तुल्याएको थियो । उनको गीतको भावमा भावुक बनेका दर्शक युवायुवतीहरुलाई दीपसागरले ‘हाँसीहाँसी बोली देउ माया, जीन्दगानी दुई दिनको रामछाँया….’ बोलको गीतले सान्त्वना दिएर फेरि फकाउन सफल भए । त्यसबाहेक उनले ‘मुसुमुसु नहाँस मायाले खुसुखुसु दिल मात्र चोरेर….’ अनि ‘कौडा’ लगायतका मन छुने चर्चित गीतहरुमार्फत दर्शकहरुको ध्यान स्टेजतिर नै तानिरहे अनि आफै पनि नाचे र दर्शकहरुलाई नचाए ।
यस्तै कार्यक्रममा सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका मैना रेश्मी मगरले ‘भन्छन् सबले मैना, फुल जस्तो फक्रेको जवानी कस्लाई दिउँ बैना….’ गीत गाउन मात्र के लागेका थिए युवायुवतीहरु दर्शकदीर्घाबाट हौसिएर नाच्दै रमाउन थाले । गीतमार्फत जवानी कस्लाई बैना दिने प्रश्न गर्दा दर्शकदीर्घाका युवाहरु स्टेजतिर झुम्मिन पुगेका थिए ।

आफ़्नो प्रस्तुतीकैक्रममा दर्शकहरुको माझ पुगेर दर्शकलाई स्टेजतिर ध्यान केन्द्रित गराउन सफल गायिका मैनाले यसबाहेक ‘कति राम्रो मोरो, मलाई मन परेको लाहुरे बा को छोरो….’ ‘घरमा पराल बारीमा बन्सो, के छ त नि सञ्चो र बिसञ्चो…. ?’ ‘सबलाई एकदिन बैशले छुन्छ नि, काँडा पनि फुल जस्तै हुन्छ नि….’ लगायतका गीतहरुबाट दर्शकहरुलाई छमछमी नचाइन् ।

आयोजक संस्था मगर संघ जापानका अध्यक्ष थानबहादुर राना मगरको सभापतित्व र जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा देउराली पञ्चेबाजा समूह र स्थानिय कलाकारहरुको प्रस्तुतीले थप रौनकता प्रदान गरेको थियो । १९ औं लाङ्घाली साँझको प्रमुख अतिथि राजदूत डा. भट्टराईले दिप प्रज्वलन गरी उदघाटन गरेका थिए । छोटो समुदघाटन मन्तब्य दिदैं राजदूत डा. भट्टराईले लाङ्घाली साँझ सफलताको कामना गर्नुका साथै नयाँ वर्षको शुभकामना सहित एमआरपी राहदानी छिटो भन्दा छिटो लिन जापानबासीहरुलाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शैलेन्द्रविक्रम थापाले आफ़्नो स्वागत भाषण मार्फत उपस्थित सबैमा स्वागत गरेका थिए । संस्थाका पूर्व महासचिव तोरण थापाले पूर्वान्हमा र सदस्य दिल राना मगरले साँगीतिक चरणको कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमपश्चात समुद्रपारिसंग कुरा गर्दै १९ औं लाङ्घाली साँझका संयोजक नविन थापा मगरले कार्यक्रम सफल पार्न विभिन्न ढंगले सहयोग गर्ने दर्शक, प्रायोजक, मिडिया, संघसंस्थाका सहयोगी सबैमा हार्दिक धन्यवाद ब्यक्त गरे ।

‘तेरियाको प्रस्तुती थोरै भयो, अन्य औपचारिक कार्यक्रम लामो भयो, दर्शकले के चाहन्छन् भन्नेतिर आयोजकको ध्यान जान सकेन’ – कार्यक्रम हेरिसकेपछि छोटो प्रतिक्रिया दिदैं यमा शेरचन गुरुङले भनिन् ।

‘के के नपुगेजस्तो, सबैभन्दा बढि हेर्न लालायित तेरियाको प्रस्तुती कम भयो, यसले दर्शकलाई खिन्न बनायो ।’- श्री गुरुङले आफ़्नो प्रतिक्रियामा भने ।

‘हलको समय अत्यन्त छोटो हुनु, कलाकारलाई दिने समय अन्यत्र खर्चिनु, दर्शकलाई पहिलेदेखि नै प्रचार गरिएजस्तै दोहोरीको भिडन्त पस्किन नसक्नु आयोजकका खास कमजोरी रहे’ – हलबाट निस्कदै गर्दा कामबाट विदा लिएरै तोचिगीकेनबाट कार्यक्रम हेर्न आएका रुपक विष्टले समुद्रपारिलाई भने ।

स्मरण रहोस् १९ औं लाङ्घाली साँझको मिडिया पार्टनरकारुपमा समुद्रपारि डट कमको पनि सहकार्य रहेको थियो । ***

Best 4
Best 13
best 6 Best 7 Best 8
Best 12 Mass Pro 2
Pro 6
Pro 3
Best 9ikebukuroikebukuro2ikebukuro3ikebukuro4ikebukuro5ikebukuro6ikebukuro7ikebukuro8

तपाईको प्रतिक्रिया