Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – नेपाल पत्रकार महासंघ कोरियाले प्रवासी पत्रकार कल्याण कोष र आपतकालिन कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ ।

उक्त कोष स्थापनार्थ आय श्रोत जुटाउने उद्देश्यले आगामी सेप्टेम्बरमा पर्ने कोरियन पर्व चुसकको अवसरमा नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले सोमबार बिहान सोलस्थित नेपाली राजदूताबासको सभाकक्षमा आयोजना गरिएको “पत्रकार मिलन कार्यक्रम” मा उक्त कोष स्थापना गर्ने घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक राजदूत राजाराम बर्तौलाले व्यक्ति मनोबृतिले ग्रसित समाचारहरुलाई स्थान दिन नहुने बताउदै उपस्थित पत्रकारहरुलाई अझ उत्तरदायी बन्न सुझाव सुझाव दिएका थिए | महासंघका अध्यक्ष खेम कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमा एनआरएन आइसीसी पूर्व संयोजक रुद्र शर्मा, एनआरएन आइसीसी पूर्व सदस्य गंगा राई, एनआरएन अध्यक्ष केपी सिटौला, नेपाल ब्यापार संघ कोरियाका अध्यक्ष मदन केसीलगायतका बक्ताहरुले यहाँ रहेका नेपाली समाजको सकारात्मक पक्षलाई उजागर गर्न पत्रकारहरूलाई सुझाब दिएका थिए |

नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाको चौथो कार्यकालका लागि एक महिना अगाडि खेम कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो । ***

तपाईको प्रतिक्रिया