खोजी हेर कांडा भित्र फूल त्यही छ
हाँसी हेर दु:ख भित्र जीवन यही छ
नदेख्दामा हत्केलामै बिल्छ खुशीहरु
नचिन्दामा पैतालामै मिल्छ जीवनहरु
हाँसे जीवन दिन हुन्छ रोए कालो रात
फूल सम्झे फुल्छ आँफै नत्र झर्ने पात
खोजी हेर आँफै भित्र स्वर्ग यही छ
हाँसी हेर दु:ख भित्र जीवन यही छ
बिर्सिएमा जीवन कतै आफ्नै भर हुन्न
सम्झिएमा सबै आफ्नो कोही पर हुन्न
टेकाइ हेर आँफैलाई आधार त्यही छ
देखाइ हेर आँफै भित्र संसार यही छ
खोजी हेर कांडा भित्र फूल त्यही छ
हाँसी हेर दु:ख भित्र जीवन यही छ
तपाईको प्रतिक्रिया