Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०८, २०८१
Saturday, November 23, 2024

मलाई विदेशले धेरै सिकायो
रुन सिकायो अनि हाँस्न सिकायो ।
पाउरोटी खाएर बाँच्न सिकायो
अनि ‘गाम्वारीमास’ भनि भन्न सिकायो ।।

साहुको ऋणको भारी सिकायो
घरजग्गा लिलाम विक्री गर्न सिकायो ।
देवघाटमा आमावाऊलाई डेरा खोज्न सिकायो
अनि ‘गोमेनासाई’ भन्न सिकायो ।।

माइलीको माया, मिनी स्कटको कान्छीसँग गाँस्न सिकायो
लालुपाते र लालीगुराँसको रङ्ग सिकायो ।
भुटेको मकैको स्वाद सिकायो
अनि जस्तो खाएपनि ‘ओईसीई’ भन्न सिकायो ।।

रोदी नदेखेको मलाई क्लवमा नाच्न सिकायो
मोहीको गिलास होइन वियर लिन सिकायो ।
मार्वोलर र सेभेन स्टारको स्वाद लिन सिकायो
अनि ‘थानोसिई…’ भन्न सिकायो ।।

धेरै सिकायो मलाई विदेशले धेरै सिकायो
ढाड दुखेको औषधी खान सिकायो ।
सोच्दा सोच्दै पागल हुन सिकायो
अनि सबैलाई ‘सायोनारा’ भन्न सिकायो ।।

तपाईको प्रतिक्रिया