Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

6 lampingटोकियो – शनिवारको रात ढल्कदैं थियो । जापानको रात्रीकालिन रेलसेवा पनि झण्डै अन्त हुँदै गर्दा कोही आफ़्ना जातिय भेषभूषामा सजिएका महिलाहरुको हुल र कोही ढाकाटोपी अनि गलाभरि मखमली फूलको माला, निधारमा सप्तरंगी टीका लगाएका मादल र खैजडी बोकेका नेपालीहरुको हुल देउसी खेल्न टोकियोको एक ठाउँमा भेला भए । दिनभरिको आफ़्नो नियमित कामधन्दा, त्यसपछिको पारिवारिक टीकाटालो र भेटघाटपछि ढिलोगरि भेला भएलगत्तै उनीहरु देउसीमा जम्न थालिहाले ।

बत्ति बलिरहेको नाङ्लामा, धूप, अक्षता, सेलरोटी, फूल अनि जापानी येन र नेपाली रुपैंया सजिएका थिए । देउसीरे भट्याँइदैथियो, यत्तिकैमा गायक सूर्य खड्काले चुड्का भाका हाले – पूर्खादेखि चलेको रीति, सबै मिली जोगाउँ है सँस्कृति ….. । देउसीरे भट्याउँदै उनले दीपावलीको शुभकामना पनि दिन भ्याए ।

यसैगरी छक्कू उदासीले पनि भैलो भट्याउँदै वर्ष दिनको चाड तिहारमा खेलिने देउसी र भैलो सँस्कृतिको झझल्को दिलाईन् ।

अर्का गायक महेन्द्र वानियाले देउसीरेकै भाकामा भाका मिलाउँदै आमन्त्रित अतिथि सबैमा स्वागत गर्नुका साथै दीपावलीको शुभकामना ब्यक्त गरे ।

म्याग्देली सञ्जाल जापानले सात समुद्रपारको मुलुक जापानमा आई विभिन्न पेशा ब्यवसाय गरी बसेका नेपालीहरुको न्यास्रो मेटाउन भाइटीकाको दिनमा देउसीभैलो कार्यक्रमको आयोजना गरेको हो ।

आधा रात पनि नभनी टोकियोको विभिन्न स्थानबाट देउसी साँझमा भेला भएका उनीहरु बिहानसम्मै देउसी र भैलोमा रमेका हुन् । सो अवसरमा देउसीभैलोका साथै गायक आरसी कुँवर र गायिका सोनु केसीबीच चलेको दोहोरीको घम्साघम्सी बिशेष रोचक रह्यो । उनीहरुलाई गायिका राधिका सापकोटा, गायक सूर्य खड्कालगायतले सघाएका थिए । सेलरोटीलगायत तिहारजन्य परिकारको स्वाद लिंदै नाचेर भरपुर मनोरञ्जन लिनेहरु बिहानसम्मै हौसिएका थिए ।

प्रमुख अतिथिको आसनबाट दीपावलीको शुभकामना ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले हप्ताभरिको कामको थकानलाई एकातिर थन्क्याएर विदेशको विरानोपनभित्र स्वदेशको आफ़्नोपन र न्यानोपन खोज्दै साँस्कृतिक धरोहर मानिने बिशेष पर्वमा गरिने यस्ता कार्यक्रमहरुले नेपालीबीचको आपसी सद्भाव थप प्रगाढ बनाउने विचार ब्यक्त गरे ।

प्रमुख अतिथिबाट दीपावली गरी देउंसी सांझ कार्यक्रमको शुरुवात गरिएको थियो ।

सभापतिको आसनबाट सञ्जालका अध्यक्ष महेन्द्र खड्काले भाइचेलीबीचको आपसी सम्बन्ध दिगो बनाउने उज्यालोको पर्व दीपावलीको अवसरमा शुभकामना ब्यक्त गरे । 8 Banner Ok

11 M Baniya Kemकार्यक्रम सञ्चालन गर्दै सचिव खेम मल्लले म्याग्देली सञ्जाल जापानले हरेक वर्ष दीपावलीको अवसरमा देउसी साँझ कार्यक्रमको आयोजना गर्दै आएको र यस कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताए ।

यसअघि वरिष्ठ उपाध्यक्ष महेन्द्र वानियाले स्वागत मन्तब्य दिदैं दीपावलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा आफ़्नी छोरी इन्दिरा गर्बुजाको आमन्त्रणमा जापान घुम्न आएकी म्याग्दी बेगखोलाकी रदेवी गर्वुजालाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।

टोकियो सिन्जुकु नजिकैपर्ने ओकुबोस्थित नेपाली भोजनालय शिखरमा म्याग्देलीको तिहार बिशेष साँगीतिक कार्यक्रम देउसी साँझ भएको हो ।

देउसी भैलोमा इच्छुकहरुले कात्तिके दान पनि गरेका थिए ।

यसरी सगरमाथाका सन्तानहरुले भाइटीकाको साँझ पारेर फुजिको आँगनमा देउसी भैलो घन्काएका हुन् ।
तस्विर : रमेश श्रीष मगर **** 5 b Deusire
4 Dancing3 Having Dinner1 Girls 2 Presi- Vp
Ok 6 9 Ama Chhori
Ok 1 Ok 2 Ok 3 ok4

तपाईको प्रतिक्रिया