Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं- दीपावलीको अर्थ हो दीपको पंक्ति । दीपावली शब्द दीप र आवलीबाट सन्धिबाट बनेको हो । आवलीको अर्थ पंक्ति हो । नेपालमा दीपावली अर्थात् तिहार पर्व सामाजिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण छ । दीपावलीलाई दीपोत्सव पनि भनिन्छ ।

अद्भुत आकर्षण र मौलिकताका कारणले उज्यालोको पर्वले यो उचाइ लिएको हो । छिमेकी मुलुक भारतको लागि यो धेरै नै ठूलो उत्सव हो । पटाका, मिठाई र मधुर संगीत भनेको त्यहाँको दीपावली (दिवाली) को पहिचान हो । रमाइलोसँगै मानवीय पक्ष पनि यो पर्वसँग जोडिन पुग्छ ।

तिहार नेपालीहरू र विशेषतस् नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । नेपाली हिन्दू पात्रो अनुसार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ ।

नेपालमा गृहमन्त्रालयले ९ बजेपछि देउसी नखेल्न र विद्युत् प्राधिकरणले धेरै बत्ती नबाल्न अनुरोध गरे पनि तिहारमा त्यस्तो व्यवधान महसुस भएन । तिहार हर्सोल्लासपूर्वक मनाइएको छ ।

तिहारका बेला काठमाडौं हेर्नलायक भएको छ । काठमाडौं सडक विस्तार, सडकमा सौर्यबत्ती जडान भएपछि काठमाडौं मनमोहन भएको छ ।

Tihar_207101 Tihar_207102 Tihar_207103 Tihar_207104 Tihar_207106 Tihar_207108 Tihar_207110 Tihar_207111 Tihar_207112 Tihar_207113

तपाईको प्रतिक्रिया