Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – आज जापानको राजधानी टोकियोको पनि राजधानी मानिने सिन्ज्युकुको नजिकै पर्ने सिनओकुबो क्षेत्रमा रहेको ओकुबो स्ट्रिट (रोड) मा बिशेष पर्व ओकुबो मात्चुरी मनाईदै छ । सिनओकुबो स्टेशन र ओकुबो स्टेशन क्षेत्रलाई जोड्ने ओकुबो स्ट्रिटमा उक्त मात्चुरी भईरहेको हो ।

जापानको क्यालेण्डर अनुसार आज स्वास्थ्य दिवस अर्थात ‘खेन्को नो हि’ का अवसरमा शरद ऋतुको आगमनलाई स्वागत गर्दै यहाँ रथयात्रा सहित हर्षोल्लासका साथ पर्व मनाईदैं छ । जापानी सँस्कारअनुसार प्राचीन भेषभूषामा सजिएका सयौं महिलाहरु सडकमा नृत्य गरिरहेका छन् । मात्चुरीमा स्थानीय जनताहरुको बाक्लो सहभागिता रहेको छ ।

आज मध्यान्ह १२ बजेदेखि अपरान्ह ३ बजेसम्म ओकुबो स्ट्रिटमा सार्बजनिक यातायात सेवा रोकिएको छ भने सर्बसाधारणको शान्ति सुरक्षाका लागि प्रहरीहरु परिचालित छन् । धेरै बिदशीहरु रहेको यो क्षेत्रमा बिदेशी नागरिकहरुको पनि उक्त पर्वमा सहभागिता रहेको छ ।

यसैगरी आजै यामानोते लाइनको सिनओकुबो स्टेशनले सार्बजनिक सेवा दिन थालेको सय वर्ष पुगेको अवसरमा उक्त स्टेशनमा १०० जना बालबालिकाहरुलाई पूर्वी जापान रेलवे (जेआर हिगासी निहोन) कम्पनीको अफिसियल पोशाक लगाउन लगाई तस्विर खिचिने कार्यक्रम रहेको स्थानीय डिजिटल सञ्चार माध्यमहरुले जानाकारी गराएका छन् ।

स्मरण रहोस् आज भईरहेको ओकुबो मात्चुरी ३३ औं शृङ्खला भएको जनाईएको छ । *** तस्विर : समुद्रपारि

1 2 3 4 5 6 7 8 9 10 11 12

तपाईको प्रतिक्रिया