Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – नेकपा एमालेको जापानमा रहेको भात्तृसंस्था प्रवासी नेपाली मञ्च (ONF) ले आफ़्नो केन्द्रीय नेता तथा नेपाल सरकारका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा आज टोकियोमा अन्तर्क्रियात्मक दशैं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथिबिना नै कार्यक्रम सम्पन्न गरियो ।
3पाँचदिने औपचारिक भ्रमणका क्रममा हाल जापानमा रहेका मन्त्री पाण्डेको बिशेष उपस्थितिमा ‘मुलुकको आर्थिक रुपान्तरणमा प्रवासी नेपालीको भूमिका’ बिषयक अन्तर्क्रिया सहित  बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

मञ्चका कार्यवाहक अध्यक्ष राजकुमार पण्डितको सभापतित्वमा प्रमुख अतिथिबिनै सुरु गरिएको कार्यक्रममा उपाध्यक्ष मोहन रायमाझीले उपस्थित सबैलाई स्वागत गरेका थिए ।  दशैंको शुभकामनासहित दिईएको बिषयवस्तुमा विभिन्न वक्ताहरुले आ-आफ़्ना धारणा राखेका थिए ।

2जसअनुसार नेपाली जनप्रगतिशील मोर्चाका प्रतिनिधित्व गर्दै सचिव जीवन केसी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, एनआरएन आइसीसीका सदस्य भूषण घिमिरे, नेपाली जनसम्पर्क समितिका पूर्व उपाध्यक्ष चिरिञ्जीवी थापा, मञ्चका सल्लाहकार डा. सूर्य पाठक, एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, मञ्चका तर्फबाट सदस्य महेन्द्र श्रेष्ठलगायतले बडा दशैंको शुभकामना ब्यक्त गर्नुका साथै मुलुकलाई समृद्ध बनाउन प्रवासी नेपालीहरुको भूमिका महत्वपूर्ण रहने र हुनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
8

‘पूर्व घोषणा गरिएअनुसार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई उहांको ब्यस्तताका कारण आजको कार्यक्रममा उपस्थित गराउन सकेनौं’ – सभापतिको आसनबाट समापन मन्तब्य राख्दै श्री पण्डितले भने – ‘यसबाट पर्न गएको असुबिधाप्रति क्षमाप्रार्थी छौं ।’

कार्यक्रममा जापानमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी र सर्बसाधारणको उपस्थिति रहेको थियो ।

बिशेष कारणवश प्रमुख अतिथिको आगमन ढिला हुने उदघोष गर्दै कार्यक्रम सुरु गरेका मञ्चका महासचिव कुलचन्द्र खरेल मन्त्री पाण्डेको ब्यस्तताको कारण देखाउँदै उपस्थित हुन नसक्ने जानकारी गराएर बिदा भएका थिए । त्यो सुनेर देशको पछिल्लो वस्तुस्थितिबारे परराष्ट्रमन्त्रीबाट जानाकारी लिन उत्सुकताकासाथ भेला भएका सहभागीहरु खिन्न हुँदै फर्केका थिए ।
ब्यस्तताको कारण देखाएर मन्त्री पाण्डे कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी आयोजकले गराए पनि पूर्वनिर्धारित र बहुप्रतिक्षित कार्यक्रममा समय नमिलेरै मन्त्री पाण्डे उपस्थित हुन नसकेको भन्ने तर्कमा भने धेरैले बिश्वास गर्न सकेनन् ।
मन्त्रीलाई बिरोधस्वरुप कालोझण्डा देखाउने तयारीका साथ ठूलो समुह कार्यक्रमस्थलमा तैनाथ भएका कारण मन्त्री कार्यक्रममा नआएको हुन सक्ने नाम नबताउने सर्तमा एक सहभागीले बताए । 7

अघिल्लो महिनामा भएको दिनेश अधिकारी ‘चरी’ हत्या प्रकरणलाई लिएर गैरन्यायिक हत्याको छानबिन नभएको र घटनालाई सरकारमा बस्ने मन्त्रीहरुले बेवास्ता गरेको भन्दै चरीका दाजु केशव अधिकारीले नेपाल सरकारका जुनसुकै दलबिशेषका मन्त्री आएपनि बिरोध प्रदर्शन गरिने बताए ।

अधिकारीले बिरोध प्रदर्शनका लागि आफुहरु दलबलसहित तयारीका साथ कार्यक्रमस्थल आएको बताए । बिरोधको सामना गर्नुपर्ने देखेर मन्त्री कार्यक्रममा नआएको उनले दावी गरे । चरिका सहोदर दाजु अधिकारीले भाइको हत्याको उचित छानबिन गर्न नसक्ने मन्त्रीहरु भाषण गर्दै देशबिदेशमा सयर गर्न नमिल्ने बताउंदै यस्ता कार्यको घोर बिरोध गरिने भन्दै आक्रोश ब्यक्त गरे । ***   तस्विर : राजेन्द्र श्रेष्ठ
6 9 10 11 12 13 14

तपाईको प्रतिक्रिया