Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – गत साता तातेसिनामा भएको आठौं क्षेत्रीय सम्मेलनका लागि जापान आएका एनआरएन अग्रजहरुको सम्मानमा म्याग्देली सञ्जाल जापानले टोकियोमा एक साँगीतिक रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ ।

म्याग्दी जिल्लाको गलेश्वरमा रहेको नेपालको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम बनाईदिएर ठूलो राहत पुर्‍याएको भन्दै म्याग्देली सञ्जाल जापानले एनआरएन आईसीसीका अग्रजहरुलाई गत मंगलवार एक समारोहकाबीच सम्मान गरेको हो ।

Udghatanसमारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले गलेश्वरधाममा बृद्धाश्रम निर्माण गरिदिएर एनआरएनहरुले ज्येष्ठ नागरिकहरुप्रति सम्मान प्रकट गरेको बताउनुभयो । उहाँले हिन्दुहरुका लागि प्रख्यात तिर्थस्थल मुक्तिनाथको प्रवेशद्वारकारुपमा रहेको पवित्र धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम अभियानमा हातेमालो गर्न जापानका म्याग्देलीहरु पनि जुर्मुराउन थालेको बताउनुभयो । Rastriyagan

यसैगरी बिशेष अतिथिको आसनबाट बोल्दै एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले एनआरएनले बृद्धाश्रम, विद्यालय भवन, क्रियापुत्री घर लगायतका परोपकारी कार्यमा सहयोग गर्दै आएको र गर्ने योजना रहेको बताउनुभयो ।
सो अवसरमा एनआरएन बेलायतका अध्यक्ष योगेन्द्र क्षेत्रीले गलेश्वरधाम वरिपरि रहेका बृद्धाहरुको नाजुक स्थिति र बन्दै गरेको बृद्धाश्रम भवनको अवस्था बारे जानाकारीमुलक भिडियो प्रदर्शन गर्नुभएको थियो भने गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वरधामको धार्मिक महत्वबारे प्रकाश पार्नुहुँदै आफ़्नै सन्तान तथा घरपरिवार, समाज र राज्यबाट अपहेलित बृद्धाहरुको निवास निर्माण कार्यमा सहयोग गर्न जापानबासीहरुलाई अपिल गर्नुभयो ।Mass

म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार छक्कू उदासीले कार्यक्रम आयोजना गरिनुको औचित्यबारे प्रकाश पार्दै स्वागत मन्तब्य दिनुभएको थियो ।

राष्ट्रियगानबाट सुरु भएको सो कार्यक्रममा सञ्जालका सल्लाहकार जोन छन्त्याल, एनआरएनका आइसीसी सदस्य कुल आचार्य (युके), सचिव संगिता मरहठ्ठा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेलगायतले बोल्नुभएको थियो ।

प्रमुख अतिथि राजदूत डा. भट्टराई र बिशेष अतिथि भवन भट्टले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरिएको उक्त कार्यक्रममा विभिन्न कलाकर्मीहरुले नृत्य तथा गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरुलाई देउराली समुहको नौमती बाजाको साथमा खादार्पण गरी सम्मान गरिएको थियो । Samman

कार्यक्रमको साँगीतिक चरणमा सुशिला सापकोटा र चट्टकुमारी पुनको थाली नृत्य, मनिषा खड्काको नृत्य, सूर्य खड्का र रामकृष्णबम मल्लको लोकगीत, अम्मर गुरुङ र बिमला गुरुङको आधुनिक गीत, मीरा राई, छक्कू उदासी र भद्र थापाद्वारा अभिनित वियोगान्त लघुनाटक ‘लाहुर’ प्रस्तुत गरिएको थियो ।

यसैगरी ‘देउराली पञ्चबाजा समुह’ को प्रस्तुती नौमती बाजाको तालमा ताल मिलाउदै सहभागीहरुले कम्मर मर्काइ मर्काइ नाचेका थिए भने बाजाको तालमा गायिका सरास्वती पुनले स्वर भरेकी थिईन् । Rudra Bdr Kc

कार्यक्रमको उत्तरार्धमा एनआरएन आइसीसीका सदस्य रोशन केसी  (जापान) ले कार्यक्रमको समिक्षात्मक मन्तब्य राख्दै गलेश्वरधाममा बन्न लागेको बृद्धाश्रमका लागि म्याग्देलीहरुको उत्साह र सक्रियतामा आफ़्नो पनि साथ र सहयोग Mahendra Baniyaरहने बताउनुभएको थियो ।

अन्तमा, सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र वानियाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो भने समापन मन्तब्य अध्यक्ष महेन्द्र खड्काले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्जालका सल्लाहकार तिलक मल्ल र सचिव खेम मल्लको रहेको थियो ।

उक्त कार्यक्रमबाट गलेश्वरधाममा थप बृद्धाश्रम भवन निर्माणका लागि करिव १५ लाख ५० हजार रुपैंया संकलन गरिएको आयोजक स्रोतबाट थाहा भएको छ ।

सो अवसरमा थकाली सेवा समिति जापानको तर्फबाट सो संस्थाका संरक्षक शरदकुमार गौचनले पनि एनआरएनका अग्रज तथा नेपालबाट आउनुभएका अतिथिहरुलाई खादार्पण गरी सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गर्नुभएको थियो ।

रात्रीभोजसहितको उक्त कार्यक्रम सिन्जुकु खाबुखिचोस्थित प्याराडाईज टोकियो ओसकार हलमा भएको थियो ।***
sangita
Mass Ok
Banner

तपाईको प्रतिक्रिया