Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – नेपाल पत्रकार महासंघ र जापान न्यूजपेपर एण्ड एडिटर्स एसोसियशन (निहोन सिम्बून क्योकाई) बिच टोकियोमा हालै एक भेटवार्ता सम्पन्न भएको छ ।

महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेको नेतृत्वमा कोषाध्यक्ष सूर्यमणि गौतमकोसमेत उपस्थिति रहेको भेटवार्तामा जापान र नेपाल दुई देशका छापा, अनलाईन, एफ़एम र टेलिभिजन मिडियाको पछिल्लो अवस्था, पाठकको चाहना  बारे जानाकारी आदान-प्रदान भयो ।

सो अवसरमा महासंघका तर्फबाट बोल्दै सचिव प्रभात चलाउनेले दुइदेशका पत्रकारहरुको सम्बन्ध बिस्तार र अनुभव आदान प्रदान कार्यक्रम आवश्यक रहेको बताउनुभयो । जापानको प्रविधि र बिकासबाट नेपालका मिडियाले धेरै कुरा सिक्न चाहेको बताउँदै उहाँले भन्नुभयो – यो भेटवार्ताले हामीलाई जापानको प्रेस बारे धेरै जानाकारी प्राप्त भएको छ, यो हाम्रा निम्ति प्रेरणादायी भेट भएको छ, यसलाई नियमित बनाउन महासंघको तर्फबाट यहाँहरुलाई नेपाल भ्रमणको निम्तो दिन चाहान्छु ।’  ok 2

सो अवसरमा सचिव चलाउनेले नेपालमा करिव ६ हजार पत्रिका दर्ता भएको र ३ हजार पत्रिका प्रकाशन भईरहेको, करिव ५४३ एफएम दर्ता भएको र ३६० जति प्रसारणमा रहेको, ७५ वटा टेलिभिजन दर्ता रहेको र करिव १८ टेलिभिजन प्रसारणमा रहेको जानाकारी दिनुभयो । यसैगरी उहाँले करिव पौने ३ करोड नेपालीहरुलाई देशबिदेश गरी ११ हजार पत्रकारहरुले सूचनाको सेवा प्रदान गराउँदै आएको जानाकारी समेत गराउनुभयो ।

यसैगरी जापानको प्रेसको अवस्था बारे जानाकारी गराउँदै एसोसियशनका महासचिव इचिरो कोनोले एशिया क्षेत्रका सबै पत्रकारहरुले शान्तिका लागि संगै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका पत्रकारहरुसंग पनि सम्बन्ध बढाउन चाहेको बताउँदै नेपाल पत्रकार महासंघका टोलीसंग भेटवार्ता गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । सो क्रममा उहाँले जापानमा अनलाईन मिडियाको बिकासले छापा माध्यममा असर परिरहेको र पछिल्लो समयमा युवाहरुको आकर्षण अनलाइनतिर नै बढि देखिएको बताउनुभयो । यद्यपि अन्य मुलुकहरुमा झैं जापानमा अनलाईनका कारण छापा पत्रिकामा ठूलो असर भने नपरेको बताउँदै जापानमा सन् १९९५ देखि याहु जापानले अनलाईन मिडियाको सुरुवात गरेको जानाकारी पनि दिनुभयो ।

यसैगरी उक्त एसोसियशनका सर्कूलेशन डाईरेक्टर चुयोशी ताकागीले जापानमा पत्रिका वितरण प्रणालीका ब्यवस्थित भएका कारण पत्रिकाको पाठकहरुसम्मको पहुँच राम्रो रहेको बताउनुभयो । छापा मिडियाका ज्ञातासमेत रहेका ताकागीले जापानमा हरेकजसो छापा पत्रिकाको आफ़्नै अनलाईन भर्सन रहेको, छापा मिडियाका लागि तयार गरिएको सामाग्री तिनै अनलाईनमा संप्रेषण हुने गरेको जानकारी गराउनुभयो । Ok 7

सो क्रममा उक्त एसोशियसनका डिजिटल मिडिया बिभागका सहायक म्यानेजर केइसुके आबेले अनलाईनको मिडियाबारे जानकारी गराउँदै जापानका ३२ वटा अनलाईनले सशुल्क अनलाईन न्यूजर्सर्भिस सुरुवात गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जापान शाखाको संयोजनमा भएको उक्त भेटवार्ता टोलीमा महासंघका केन्द्रीय सचिव चलाउने र कोषाध्यक्ष गौतमसहित जापान शाखाका अध्यक्ष तिलक मल्ल, सदस्य कुमार मोक्तान, नेपाल आर्थिक पत्रकार समाज (सेजान) का अध्यक्ष विज्ञान अधिकारी, आर्थिक पत्रिका कारोवार दैनिकका सम्पादक सञ्जय न्यौपाने, आउट लाइन न्यूज सर्भिसका सरोज दाहाल, नेपाल सन्देश डट कमका रविन्द्र श्रेष्ठ लगायतका पत्रकारहरु संलग्न रहनुभएको थियो ।

टोकियोको खासुमीगासेकीस्थित जापान न्यूजपेपर एण्ड एडिटर्स एसोसियशनको प्रधान कार्यालय रहेको निप्पोन प्रेस सेन्टरमा करिव २ घन्टा सम्म सौहाद्रपूर्ण वातावरणमा भएको उक्त भेटवार्तामा डा. भूपालमान श्रेष्ठले भाषानुवाद गरेर सहजीकरण गर्नुभएको थियो । ***
Ok6 Ok 1
ok3

तपाईको प्रतिक्रिया