Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – गैरै सेवा समाज जापानको तेस्रो अधिवेशन हालै फुकुओकामा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष आत्माराम गैरेको सभपतित्वमा भएको अधिवेशनले टंक गैरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
एनआरएन जापानका उपाध्यक्ष तुल्सीराम खरेलको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनमा सन्तोष पौडेल, बद्रि पौडेल, श्यामसुन्दर अर्याललगायतका ब्यक्तिहरुको पनि बिशेष आतिथ्यता रहेको थियो ।

दैवीप्रकोप, शिक्षा, सँस्कृति, भौतिक पूर्वाधार निर्माणलगायतका क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको सो समाजले भावी दिनहरुमा आफ़्ना कार्यक्रमहरुलाई अझ सशक्त बनाउँदै लैजाने बताएको छ ।

अधिवेशन यहि सेप्टेम्वर ९ तारिख मंगलबारका दिन भएको हो ।

Gaire Gaire 2 Gaire 1

तपाईको प्रतिक्रिया