Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

लुभेन – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बेल्जियमको लुभेन सहरको ब्रुल पार्कमा तीजबिशेष कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रधनुष क्लवको आयोजनामा गत आइतवार भएको सो कार्यक्रममा गायिका देविका केसीको तीज बिशेष साँगीतिक प्रस्तुतीहरु रहेका थिए । सो अवसरमा नेपाली चेलीबेटीहरुले नाचगान गरेर भरपुर मनोरञ्जन लिएका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै लुभेन नगरपालिकाका सँस्कृति बिभागकी निर्देशक डेनिस भान्दरभोर्तले तीजको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै नेपाल र बेल्जियम दुइदेश विचको साँस्कृतिक आदानप्रदानले नेपाल र नेपालीलाई चिनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै नेपालीहरुका यस्ता कार्यक्रमहरुलाई आफ़्नो व्यक्तिगत तथा नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने बताएकी थिईन ।

त्यसैगरी अतिथिकोरुपमा बोल्ने वक्ताहरुमा समाजसेवी सीता सापकोटाले तीजको बारेमा चर्चा गर्दै तीजको महत्वबारे प्रकाश पारेकी थिईन भने एनआरएन आईसीसीका लागि बेल्जियमबाट सदस्य जानकी गुरुङले तीजलाई राष्ट्रिय पर्वको रुपमा मनाईनुपर्ने धारणा राख्दै सम्पूर्ण दिदीबहिनीहरुहरुलाई तीजको शुभकामना ब्यक्त गरिन् । यसैगरी क्षेत्री समाजका अध्यक्ष मोहन खत्रीले सम्पूर्ण चेलीबेटीहरुलाई प्रवासमा भएपनि माईतीको सम्झनास्वरुप दर खुवाउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत गीतसंगै मोनालिसा पोखरेल र एलिसाले स्वागतनृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्लवको तर्फबाट प्रथम पुरस्कार आइप्याड, दोस्रो पुरस्कार सामसुङ ग्यालेक्सी मोबाईल फोन र तेस्रो पुरस्कार गेसो लेडिज घडी रहेको बिंगो खेलाईएको थियो ।उक्त कार्यक्रमको सञ्चालन महासचिव बिष्णु सापकोटाले गरेका थिए ।***
8_converted 7_converted 6_converted 5_converted 4_converted 3_converted 2_converted 1_converted (1)

 

तपाईको प्रतिक्रिया