Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं – एकीकृत नेकपा माओवादीको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि अनिश्चित भएको छ । उपाध्यक्ष मोहन वैद्य पक्ष र संस्थापन पक्षबीच विवाद नमिलेपछि दिउसो ४ बजे बोलाइएको बैठक अनिश्चित भएको हो ।
माओवादी पार्टी कार्यालय सचिवालयले भने बैठक बस्ने जनाएको छ । माओवादी विवाद मिल्न लागेको भनिए पनि उपाध्यक्ष मोहन वैद्य पक्षले अहिलेकै सरकारमा नजाने भन्दै शर्त अघि सारे पछि फेरि बल्झिन थालेको छ । शनिबार बसेको वैद्य पक्षका केन्द्रीय सदस्यहरुको गोप्य बैठकले ६ बुँदे सर्त अघि सारेको छ ।
जनविद्रोहलाई आधार केन्द्र विन्दुमा राखेर शान्ति र संविधानमा जोड दिनुपर्ने, प्रस्तावनामा जनयुद्ध शब्द राख्नुपर्ने, स्वेच्छिक अवकासमा जाने लडाकुलाई एकमुष्ठ रकम दिनु पर्ने लगायतका माग गरेको छ ।
वैद्य पक्षले सरकारमा जान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा वा विगतका सहमति खारेज हुनुपर्ने शर्त राखेको छ । वैद्य पक्षले यथास्थितिमा भट्टराई नेतृत्वको सरकारमा कुनै हालतमा नजाने अडान राखेको छ ।
सरकार निर्माणका बेला मधेशी मोर्चासित भएको चार बुँदे सहमति, बीप्पा सम्झौता, सेना समायोजनको निर्णय सच्चाउनुपर्ने वा भट्टराईले राजिनामा दिनुपर्ने वैद्य पक्षको अडान छ ।
तपाईको प्रतिक्रिया