Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं- विश्वबाट यसै साता सन् २०११ विदा भएको छ । विभिन्न कोण, तथ्य र तर्ककासाथ विश्वका सञ्चारमाध्यमले गएको वर्षलाई सम्झीँएका छन् । मानव र जगतका लागि गएको वर्षले छोडेका राम्रा र नराम्रा योगदान र कार्यहरूको स्मरण यतिखेर गरिँदै छ ।
सन् २०११ लाई सम्झीँदा अग्रस्थानमा अरब जगतमा उर्लिएको सङ्घर्षको भेल नै आउँछ । अरब वसन्त नाम दिइएको त्यो प्रजातन्त्र र नागरिक स्वतन्त्रताको खोजीको अभियानले विश्वलाई नै चकित तुल्याईदियो । सन् २०११ को पूर्वार्द्धदेखि नै सुरु भएको त्यो अकस्मातको अभियानले कयौँ तानाशाहाको अन्त्य भयो र यस अभियानलाई विश्वभरका सञ्चारमाध्यमले निकै पछ्याए ।
सो अभियान सन् २०११ को सुरुवातदेखि नै टयुनिसियाबाट भएको हो र अझैपनि सिरियामा जारी नै छ । यो क्रान्तिमै ४२ वर्ष शासन गरेका लिबियाका शासक माउमर गद्दाफीको आˆनै गृहनगरमा गत अक्टोबरमा निधन भएको छ भने अरु केहीले राजिनामा दिएका छन् । आन्दोलन सुरु भएको अर्को महिना नै गत फेब्रुअरी महिनामा इजिप्टका राष्ट्रपति होसनी मुवारक आफैँ सत्ताबाट हटेका छन् ।
त्यस्तै यमनका राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई अरब लिगको समन्वयनमा राजिनामा दिन लगाइएको छ भने सिरियामा सङ्घर्ष जारी नै छ । राष्ट्रपति बसार अल असादको राजिनामाको मागगर्दै सन् २०११ को सुरुवातदेखि नै जारी रहेको आन्दोलनबाट चार हजारभन्दा बढीको ज्यान गएको छ तर उनले सत्ताबाट हट्ने सङ्केत दिएका छैनन् । उनी एक अहिलेसम्मका अपवादबाहेक अरब जगतले धेरै तानाशाहाले प्रजातन्त्रका लागि बाटो खोलिदिएका छन् । त्यसैले यो आन्दोलनलाई अरब वसन्त नाम पनि राखिएको छ ।
दस वर्षदेखि अमेरिकाको सर्वाधिक खोजीको सूचीमा रहेका आतङ्ककारी सञ्जाल अल कायदाका प्रमुख ओसामा बिन लादेनको निधन सन् २०११ को अर्को एक चर्चित घटना हो । यो घटनाको समाचार विश्वका सञ्चारमाध्यमले ठूलो प्राथमिकतामा राखे । साथै अमेरिकाले पनि आˆनो विदेश नीतिको एक महत्वपूर्ण सफलताका रूपमा यसलाई व्याख्या पनि गर्‍यो ।
सन् २०११ मा अमेरिकामा आक्रमण गराई तीन हजारभन्दा बढी नागरिकको हत्या गराएको सो सञ्जालका प्रमुख लादेनको खोजी अमेरिकाले विश्वव्यापीरूपमा गरेको थियो । सोही क्रममा इराकमा र अफगानिस्तानमा समेत अमेरिकी सेना भित्रियो तर सो खोजीको ठिक दस वर्षपछि मात्र लादेन अमेरिकी सेनाबाट पाकिस्तानमा मारिए ।
यो घटनालाई राष्ट्रपति बाराक ओबामाले खुशीयालीका साथ सार्वजनिक गरे र अमेरिकी नागरिकले पनि खुशीयाली व्यक्त गरे । गद्दाफी र लादेनको मृत्युले विश्वमा सर्वाधिक चर्चा पायो ।
अमेरिकी कूटनीतिक दस्तावेजहरू सार्वजनिक गर्ने ‘विकिलिक्स’ प्रकरण विश्वमा चर्चित बनेको अर्को एक समाचार हो । विशेषगरी अमेरिकी कूटनीतिज्ञ एवम् मिसनहरूले विभिन्न देशहरूसँग गर्ने गरेका गोप्य कूटनीतिक दस्तावेजलाई विकिलिक्सले सार्वजनिक गरेपछि यसले विश्वमा ठूलै तहल्का ल्यायो ।
एकजना अष्ट्रेलियन युवक विकिलिक्सको जुलियस असाञ्जाको आविश्कार रहेको विकिलिक्स नामको वेभसाइटको माध्यमबाट ती अमेरिकी गोप्य दस्तावेजहरू सार्वजनिक गरिएका थिए । यो सूचनाको हक हो या गोपनीयता भङ्ग गर्ने अपराध हो भन्ने बहस विश्वव्यापी नै चल्यो । त्यो गोपनीयता भङ्ग गरिएको एक अपराध नै भएको आरोपमा सो सञ्जालका संस्थापक अहिले कारबाहीको घेरामा छन् ।
यो भूगोलमा एउटा नयाँ देश थपिएको घटनाले पनि बितेको वर्षमा ठूलै चर्चा पायो । सन् २०११ को पूर्वार्द्धमै नयाँ राष्ट्रले जन्मलिने प्रक्रियाको थालनी भयो । करिब ९८ प्रतिशत नागरिकले नै अलग्गै देशको पहिचानमा बस्न पाउनुपर्ने मत रोजे र जसले गर्दा दक्षिणी सुडान नामको नयाँ देश जन्मियो । तत्कालीन सुडानबाट फुटेर यो राष्ट्रको जन्म भएको हो ।
जापानमा गएको महाभूकम्प र सुनामी विश्वका सञ्चारमाध्यममा प्राथमिकतापूर्व स्थान पाएको अर्को एक दुःखद् समाचार हो । मार्च ११ मा गएको यो सुनामीले जापानलाई आर्थिक, सामाजिक एवम् प्राविधिक रूपले तहसनहस नै बनाइदियो ।
यो महाबिपत्तीबाट १५ हजारभन्दा बढी नागरिकको ज्यानै गयोभने अरु कयौँको अवस्था अझै अज्ञात नै छ । यसले यो देशलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाटै तल झारिदियो र खरबौँ डलरको क्षति पनि गरायो ।
यसका कारण फुटेको परमाणु भट्टीले गर्दा विश्वका शक्ति सम्पन्न राष्ट्रहरूलाई पनि आˆना पारमाणविक ऊर्जा नीतिमा पनि पुनः विचार गर्न अहिले पनि दबाब दिइरहेको छ । सो आणविक भट्टीका कारण जापानको फुकुसिमा जिल्लामा मात्र नभएर सिङ्गो राष्ट्रमा नै ठूलो त्रास उत्पन्न गरायो । अहिले पनि त्यहाँका नागरिकमा क्यान्सरको त्रास छँदैछ ।
बेलायतमा भड्किएको दङ्गाले पनि विश्वमा ठूलै चर्चा पायो । एकजना युवाको प्रहरीको कारबाहीमा मृत्यु भएपछि त्यहाँका युवा र प्रहरीकै बीचमा दिनहुँजसो गरी झन्डै तीनहप्ता भिडन्त भयो ।
प्रधानमन्त्री डेबिड क्यामरुनले प्रहरीले दङ्गा नियन्त्रण गर्न असमर्थ भएको जवाफ संसदलाई दिनुभयो भने बेलायतको इतिहासमा दुर्लभ नै मानिएको उक्त घटनाका कारण लण्डन र यसको आसपासका सहर केही समयसम्म अस्तव्यस्त बने ।
थाइल्याडको राजधानी बैंककको बाढीले पनि विश्वव्यापी नै चर्चा पायो । बाढीका कारण आठसय जनाको ज्यान गयो तर पनि राजधानी बैंककको अस्तव्यस्तताले गर्दा थाइल्याडलाई करिब दुई महिना बाहिरी विश्वसँग नै विच्छेद गरायो ।
उता थाई संसदीय निर्वाचनमा नेत्री यिङ्कल सिनावात्राको विजयपछि प्रधानमन्त्री बनेको घटना र झन्डै दुई दसकसम्मको जेल र नजरबन्दी जीवनपछि मुक्त हुनुभएकी वर्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको समाचारले पनि विश्वका सञ्चारमाध्यममा राम्रै स्थान प्राप्त गर्‍यो ।
वाल स्टि्रट प्रोटेस्ट अर्थात अमेरिकाको पुँजी बजार क्षेत्रमा युवाहरूले गरेको प्रदर्शनले पनि विश्का सञ्चारमाध्यममा राम्रै स्थान पायो । अमेरिकामा बढ्दो बेरोजगारी र महँगीले लिँदै गएको असहज अवस्थालाई यो प्रदर्शनले प्रतिनिधित्व गरेको थियो । पछि यो प्रदर्शनले विश्वव्यापी रूप नै लियो ।
विश्वमा कम्प्युटरको क्षेत्रमा ख्याति कमाएको एप्पल कम्पनीका एकजना कुशल चालक स्टिभ जब्सको गतवर्षको अन्त्यतिर भएको निधनले पनि विश्व समाचारको बजारमा ठूलो स्थान ग्रहण गरेको छ । सो कम्पनीलाई विश्वको नम्बर एक कम्पनीका रूपमा स्थापित गराउन सफल उहाँको क्यान्सर रोगबाट भएको निधनले प्रविधिका पारखीहरूलाई ठूलो चोट पुगेको महसुश भएको थियो ।
अर्को विश्व चर्चित समाचार हो- बेलायती राजकुमार विलियन र केट मिडल्टनबीचको विवाह । यो समारोहको विश्वका प्रमुख टेलिभिजनले प्रत्यक्ष प्रसारण गरे भने अखबारहरूले प्रमुख समाचार नै बनाए ।
त्यस्तै भारतका एकजना प्रख्यात धर्मगुरु साइबाबाको अपि्रलमा भएको निधन, भारतकै सामाजिक कार्यकर्ता अन्ना हजारेको भ्रष्टाचार विरोधी भोक हड्ताल एवम् आइएमएफका निर्देशक प|mान्सेली नागरिक स्ट्रस काहानको यौन काण्डको समाचारले पनि विश्वका समाचारमा राम्रै स्थान पाएका थिए ।
तपाईको प्रतिक्रिया