Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बाग्लुङ- माओवादीका जिल्ला नेता मङ्गलबार मृत अवस्थामा भेटिएको  नेकपा माओवादी, बाग्लुङले जनाएको छ।
जिल्लाको अमलाचौर-७ स्थायी घर भएका माओवादी जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु पुलामी मृत अवस्थामा भेटिएका हुन्।
पुलामीको शव कुश्मिशेरा-६ मा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। कुलोमा मृत अवस्थामा उनी भेटिएका स्थानीय कार्यकर्तालाई उदृत गर्दै माओवादीका जिल्ला इन्चार्ज पारशमणिले बताए।
कुश्मिशेरा प्रहरी चौकीबाट असई लेखनाथ शर्माको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ।
तपाईको प्रतिक्रिया