Deneme Bonusu Veren Siteler
सोमबार, चैत्र ०३, २०८१
Monday, March 17, 2025

काठमाडौं – वैदेशिक रोजगारीमा जान पछिल्लो आठ महिनामा पाँच लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना अर्थात् २०८१ साउनदेखि फागुन मसान्तसम्म उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १४.१७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा चार लाख ६८ हजार १३५ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ६६ हजार ३३६ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागले जारी गरेको विवरण अनुसार, २०८१ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा चार लाख ७४ हजार १४७ जना पुरुष र ६० हजार ३२४ जना महिला छन् ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.२८ प्रतिशत संख्या महिलाको छ । विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ र फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा औसतमा प्रत्येक महिना ६६ हजार ८०८ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया