Deneme Bonusu Veren Siteler
सोमबार, चैत्र ०३, २०८१
Monday, March 17, 2025

काठमाडौं – कानुनविद् तथा प्राध्यापक डा. युवराज संग्रौलाले आफूमाथि लागेका यौन दुर्व्यवहार सम्बन्धी आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । आइतबार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै समयमा अनुसन्धानका लागि तयार रहेको स्पष्ट पारे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थीले यौन दुर्व्यवहार आरोप लगाएकी छन् । ‘यदि राज्यका अनुसन्धान निकायहरूले आवश्यक ठान्छन् भने मलाई हतकडी लगाएर लैजान सक्छन्,’ उनले भने, ‘म मेरो ३७ वर्षे इमान्दारीतामा पूर्ण विश्वास राख्छु ।’

संग्रौलाले सामाजिक सञ्जालमा व्यक्त भएका आरोपलाई मिडियाले बिना प्रमाण समाचारको स्रोत बनाएकोमा आपत्ति जनाए । सत्यतथ्य पत्ता लगाउन पीडित पक्षले सम्बन्धित निकायमा जानुपर्ने उनको धारणा थियो । ‘हाम्रो देशमा स्वतन्त्र न्यायपालिका छ, प्रहरी प्रशासन छ, महान्यायाधिवक्ताको कार्यालय छ, जसप्रति मेरो विश्वास छ । तर, सामाजिक सञ्जालका अनाम पोस्टहरूकै भरमा मिडिया ट्रायल हुनु दुर्भाग्यपूर्ण हो,’ उनले थपे ।

यसैबीच, काठमाडौं स्कुल अफ लले डा. श्रीकृष्ण भट्टराईको संयोजनमा वरिष्ठ पत्रकार तीर्थ कोईराला र अधिवक्ता सीमा धामी सम्मिलित छानबिन समिति गठन गरेको छ।  उक्त समितिले घटनाको गम्भीर अनुसन्धान गर्ने बताइएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया