Deneme Bonusu Veren Siteler
सोमबार, चैत्र ०३, २०८१
Monday, March 17, 2025

काठमाडौं – नेपालमा गणतन्त्रवादी दलहरू र राजावादी शक्तिहरूबीचको राजनीतिक ध्रुवीकरण थप चर्किंदै गएको छ । दुवै पक्ष एकअर्काविरुद्ध आक्रामक बन्दै गएका छन् । हालैका घटनाक्रमले यो टकराव झन् बढ्दै जाने सङ्केत गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पोखराबाट भिडिओ सन्देश दिएका तथा फागुन २५ गते काठमाडौंमा स्वागत र्‍यालीमा सहभागी भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रवादी दलहरूले कठोर रूपमा आलोचना गरिरहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरूले ज्ञानेन्द्रविरुद्ध आक्रोश पोखिरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकमा आयोजित पार्टी कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई तीव्र आलोचना गर्दै दरबार हत्याकाण्डदेखि सुन तस्करीसम्मका आरोप लगाए । उनले २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री रहँदा दरबार हत्याकाण्डको छानबिन गर्ने इच्छा व्यक्त गरे पनि सरकार टिक्न नसकेका कारण त्यो सम्भव नभएको बताए ।

पूर्वराजा ज्ञानेन्द्रमाथि इतिहासकै कठघरामा उभ्याउनुपर्ने धारणा राख्दै प्रचण्डले भने, ‘नेपाली जनताले मूर्ति चोर, भाइमारा, सुन तस्कर को हो भन्ने भुल्नुहुँदैन ।’ उनका अनुसार, २०५८ सालको दरबार हत्याकाण्डको मास्टरमाइण्ड पूर्वराजा ज्ञानेन्द्र नै थिए ।

प्रचण्डको भनाइपछि राजावादी शक्तिहरू पनि उत्तिकै आक्रोशित बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रचण्डलाई प्रतिवाद गर्दै दरबार हत्याकाण्डको सबैभन्दा ठूलो फाइदा उनले नै उठाएको आरोप लगाए । शाहीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई विदेशी शक्तिको इसारामा राजा वीरेन्द्रको वंश नाश गरेको दोष लगाए । साथै, उनले माओवादी युद्धकालका घटनाहरूको पुनः चर्चा गर्दै प्रचण्डमाथि नेपाली जनताको हत्या गरेको आरोप लगाए ।

हेटौँडामा प्रचण्डको फोटो जलाइएको छ । शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव नीराजन बम पतालाले रोष्ट्रममै प्रचण्डको फोटो जलाएका हुन् ।

राजसंस्था पक्षधरहरूले शनिबार नारायणहिटी दरबारअगाडि प्रदर्शन गरेका छन् । सामाखुसीबाट मोटरसाइकल र्‍यालीसहित उनीहरू नारायणहिटी दरबारअगाडि पुगेका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्नसमेत चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया