Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – समाजवादी मोर्चाले सरकारको निष्क्रियता र अलोकतान्त्रिक व्यवहारका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमा खतरा रहेको बताएको छ। मोर्चाले प्रतिगामी तत्वहरूको षड्यन्त्रलाई असफल पार्न जनतालाई एकजुट हुन आह्वान गरेको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा लगायतका दलहरू समावेश समाजवादी मोर्चाले सरकारको गलत नीतिहरूका कारण राजतन्त्र फर्काउने प्रयास बढेको आरोप लगाएका छन्। मोर्चाले चैत १५ मा काठमाडौंमा ठूलो विरोध प्रदर्शन र जनसभा आयोजना गर्ने घोषणा गरेको छ।

मोर्चाका नेताहरूले सरकारको अलोकतान्त्रिक रवैया र कार्यशैलीले नेपाली जनताको अधिकारहरू कुण्ठित हुँदै गएको पनि बताएका छन्। सरकारको स्वेच्छाचारिता, भ्रष्टाचार, कमिशन र कालोबजारीले देशलाई गम्भीर आर्थिक संकटमा धकेलेको छ। सरकारले दलाल र स्वार्थी तत्वहरूको हितमा काम गर्दै जनतामा निराशा फैलाएको र यसले राजतन्त्र फर्काउने प्रयासहरूलाई बल मिलेको मोर्चाले जनाएको छ।

साथै मोर्चाले सरकारलाई लोकतान्त्रिक मूल्यको उपहास गर्ने आरोप लगाएको छ। सरकारले अध्यादेश मार्फत शासन चलाउने, संसदलाई बेवास्ता गर्ने र महत्वपूर्ण विधेयकहरूलाई अवरुद्ध गर्ने गरेको आरोप लगाइएको छ। यसले नेपाली जनतामा असन्तुष्टि र आक्रोश बढाएको छ। मोर्चाले यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता र समाजवादी यात्रामा गम्भीर चुनौती उत्पन्न भएको बताएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया