Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नु परेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिन पछि, अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने आफ्नो यात्रा सुरु गर्नेछन् । नासाका कमर्सियल क्रू प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू धेरै खुसी भएको बताएका छन् । उनले भने, ‘बुच र सुनिताले उत्कृष्ट काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता पाउन उत्सुक छौँ ।’

सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा परीक्षण अभियानको लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । उनी आठ दिनपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्कने भनिएको भएपनि प्राविधिक गडबडीका कारण उनीहरुलाई फिर्ता ल्याउने मिसन रोकिएको थियो ।

तपाईको प्रतिक्रिया