Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई निरन्तर निषेध गरिए देश गलत दिशातर्फ जान सक्ने चेतावनी दिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै मिश्रले ठूला राजनीतिक दलका नेताहरूले राजसंस्थाप्रति प्रयोग गरिरहेका तुच्छ शब्दहरूको आलोचना गरे । उनले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै पूर्वराजा ज्ञानेन्द्र शाहलाई अपमानजनक शब्द प्रयोग गरेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले मुलुकलाई नसोचेको बाटोतर्फ धकेल्न सक्ने बताए ।

उनका अनुसार नेपालको परिप्रेक्ष्यमा लोकतन्त्रको सुदृढीकरणको विकल्प उन्नत लोकतन्त्र नभई ‘उन्नत प्रजातन्त्र’ हो । मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमले राजसंस्था र यसको सम्भावित भूमिकाबारे पुनर्विचार गर्नुपर्ने संकेत दिएको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया