समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले माओवादी नेता प्रचण्डको हालैको बयानलाई आलोचना गर्दै यसले देशमा अराजकता फैलाउने र हिंसात्मक वातावरण निर्माण गर्ने प्रयास गरेको बताएका छन्।
सोशल मिडियामा लेख्दै राणाले प्रचण्डको अभिव्यक्तिलाई देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयासको रूपमा व्याख्या गरेका छन्। उनले यस्तो परिस्थितिमा देशभक्त तथा राजभक्त नागरिकहरूलाई संयम बटुलेर अराजकताका यस्ता प्रयासबाट प्रभावित नभएर आफ्नो अभियान अगाडि बढाउन आह्वान गरेका छन्।
उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’