Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – नेपालमा चिसो मौसम सकिएर वसन्त ऋतु लागेसँगै राजनीतिक माहोल पनि तातिन थालेको छ । गणतन्त्रको पक्षधर दलहरू र राजावादी समूहहरूले आ-आफ्ना रणनीतिहरू तय गर्दै आन्दोलनको तयारी गरिरहेका छन् । विशेषगरी, फागुन २५ गतेका दिन पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हजारौं मानिस सडकमा उत्रिएपछि राजनीतिक सरगर्मी बढेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियताले राजावादी समूहहरूलाई हौस्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि चैत १ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ । त्यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह पनि सनातन हिन्दूराष्ट्र तथा राजतन्त्र पुनःस्थापना गर्न निरन्तर सडक संघर्षमा रहेको छ । हिन्दूवादी संघ-संगठनहरूले पनि लगातार आन्दोलनको घोषणा गर्दै आएका छन्। राप्रपा नेपालले समेत चैत महिनामा आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।

राजावादीहरूको बढ्दो सक्रियताले गणतन्त्र पक्षधर दलहरूलाई सतर्क बनाएको छ । नेकपा (माओवादी केन्द्र) सहित चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा बृहत् विरोधसभा गर्ने घोषणा गरेको छ। मोर्चाले राजतन्त्र पुनःस्थापना गर्ने प्रयासलाई षड्यन्त्रको संज्ञा दिँदै त्यसको प्रतिरोध सदन र सडक दुवैबाट गर्ने निर्णय लिएको छ । मोर्चाका नेताहरूले गणतन्त्रप्रति जनताको समर्थन कायमै रहेको दाबी गर्दै राजावादी शक्तिहरूलाई रोक्न सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन् ।

नेपालको इतिहासमा चैत महिनाले महत्वपूर्ण राजनीतिक घटनाहरूको साक्षी रहँदै आएको छ । २०३५ साल चैतमा सुरु भएको विद्यार्थी आन्दोलनले पञ्चायती व्यवस्थाका विरुद्ध जनमत संग्रह गराउन बाध्य बनाएको थियो । २०४६ साल फागुनदेखि सुरु भएको संयुक्त जनआन्दोलन चैत महिनामा उत्कर्षमा पुगेर बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सफल भएको थियो । २०६२ साल चैत २४ गतेदेखि सुरु भएको जनआन्दोलनले २४० वर्ष पुरानो राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र स्थापना गर्ने दिशामा देशलाई अघि बढाएको थियो ।

राजनीतिक रूपमा संवेदनशील यस्ता घटनाक्रमले नेपालमा फेरि अस्थिरता निम्त्याउने संकेत देखिएका छन् । एकातर्फ राजावादीहरू आफ्नो शक्ति प्रदर्शन गर्दै छन् भने अर्कातर्फ गणतन्त्र पक्षधर दलहरू सशक्त प्रतिरोधको तयारीमा छन् । नेपालका राजनीतिक दलहरूबीचको यो तानातानले जनताको ध्यान तानिरहेको छ । आगामी दिनमा यी आन्दोलनहरूले कुन मोड लिन्छन् भन्ने हेर्न बाँकी छ । तर, इतिहास हेर्दा चैत महिनाले सधैं परिवर्तनको संकेत दिएको देखिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया