Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति संकेतपूर्ण असहमति जनाउँदै आफ्नो पुरानो गीतको भिडिओ फेसबुकमा शेयर गरेका छन्।

बालेनले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिँदा सुरजसिंह ठकुरीको ‘इट्स माइ शो’ कार्यक्रममा बलिदान फिल्मको गीत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पनि सहभागी थिए। बालेनको सो गीत चुनावी अभियानमा प्रभावकारी सावित भएको चर्चा चल्दै आएको छ।

हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने तथा सरकारको आलोचनालाई दबाउनेगरी प्रावधान राखिएको भन्दै आलोचना भइरहेको छ । यही सन्दर्भमा बालेनले आफ्नो पुरानो भिडिओ शेयर गर्दै विधेयकप्रति असहमति जनाएको अनुमान गरिएको छ । आफ्ना अधिकांश पोस्टमा क्याप्सन लेख्ने बालेनले यसपटक कुनै टिप्पणी नगरी भिडिओ मात्रै शेयर गरेका छन् ।

यस्तो छ बालेनले शेयर गरेको गीतको अंशः

‘मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डरउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउदैमा…’

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया