समाचार सुन्नुहोस :
काठमाडौँ – बुधवार नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २७११ मा बन्द भएको छ। मङ्गलवारको तुलनामा कारोबार रकम भने बढेर बुधवार ८ अर्ब ९५ करोड पुग्यो। आज १ सय १३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २२ कम्पनीको घटेको छ। त्यस्तै ७ कम्पनीको स्थिर रह्यो।
बुधवार फाइनान्स सेक्टरले उच्च वृद्धि दर्ता गर्दै ५.६७ प्रतिशतले उकालो लाग्यो। यस्तै, हाइड्रोपावर ०.०४, निर्जीवन बीमा ०.१९ र अन्य सेक्टर ०.२८ प्रतिशतले बढे। तर, बैङ्किङ ०.२६, विकास बैंक ०.९१, होटेल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.२६ र व्यापार समूह १.४२ प्रतिशतले घटेका छन्।
उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो। पोखरा फाइनान्स ९.८१, समृद्धि फाइनान्स ९.४६, भूगोल इनर्जी ९, तथा गुह्येश्वरी मर्चेन्ट फाइनान्स ८ प्रतिशतले उकालो लागे। उता, सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले ओरालो लाग्यो।