Deneme Bonusu Veren Siteler
सोमबार, माघ २८, २०८१
Monday, February 10, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली सरकारले विदेशबाटै श्रम स्वीकृति दिने प्रक्रिया थालेको छ। ओमानको मस्कटस्थित नेपाली राजदूतावासले गत शुक्रबारदेखि सलालाबाट यो सेवा सुरु गरेको हो।

राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको उपस्थितिमा श्रम स्वीकृति वितरण गरिएको थियो। विशेष कार्यक्रम अन्तर्गत, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता, पासपोर्ट तथा कन्सुलर सेवासँगै श्रम स्वीकृति पनि प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ। दूतावासले जारी गरेको विज्ञप्ति अनुसार, विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति प्राप्त नगरेका नेपाली श्रमिकहरूलाई औपचारिक अनुमति प्रदान गरिएको छ।

कार्यक्रममा राजदूत अर्यालले नेपाली श्रमिकहरूको अधिकार र सुरक्षाका लागि दूतावास सधैं तत्पर रहेको उल्लेख गरे। त्यस्तै, महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आएमा पर्ने कठिनाइबारे सचेत गराउँदै श्रमिकलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरे।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया