Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – पोखरा महानगरपालिकाले प्रस्तावित कोटिहोम आयोजना गर्न अनुमति नदिने स्पष्ट पारेको छ । मेयर धनराज आचार्यले पर्यटकीय नगरी पोखरामा लामो समयसम्म ध्वनि प्रदूषण हुने किसिमको कार्यक्रम सञ्चालन गर्न नदिइने बताएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मेयर आचार्यका अनुसार, अघिल्लो पटक आयोजित यस्तै कार्यक्रमका कारण वातावरणीय प्रभाव परेको थियो, जसका कारण हवाई उडानसमेत प्रभावित भएको थियो । ‘पोखरामा चार महिनासम्म ध्वनि प्रदूषण हुनेगरी होम आयोजना गर्न सकिँदैन,’ उनले भने, ‘यस्तो गतिविधिले पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने हुँदा महानगरले अनुमति नदिएको हो ।’

विशेषगरी फेवातालको किनारमा यस्ता गतिविधि सञ्चालन गर्नु उपयुक्त नहुने उनको धारणा छ । ‘लेकसाइडजस्तो संवेदनशील पर्यटकीय क्षेत्रमा यस्ता कार्यक्रम हुनु हुँदैन,’ उनले थपे ।

यद्यपि, पोखरामा अन्य धार्मिक कार्यक्रम भने हुँदैछन् । पुम्दीकोटमा फागुन ७ देखि १५ सम्म महायज्ञ आयोजना हुनेछ भने सराङकोटमा फागुन १४ देखि २१ गतेसम्म महायज्ञ सञ्चालन गरिनेछ । तर, कोटिहोम भने कुनै हालतमा पोखरामा गर्न नदिने मेयर आचार्यले दोहोर्‍याए ।

कोटीहोमका लागि भन्दै आश्रमले महानगरका सडक र चौताराका रुख ठुटो बनाएपछि अहिले चर्को आलोचना भइरहेको छ । कोटीहोम आयोजकले काटिएका रुख पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा राखेको छ । त्यहाँ राखिएका दाउरा जफत गर्न बुधबार नगरप्रहरीको टोली खटिइसकेको महानगरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया