Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९.०२ रुपैयाँ र बिक्रीदर १३९.६२ रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा डलरको भाउ घटेको छ। युरोपियन युरो एकको खरिददर १४३.५२ रुपैयाँ र बिक्रीदर १४४.१४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२.६० रुपैयाँ र बिक्रीदर १७३.३५ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५२.९५ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६.३२ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.३६ रुपैयाँ र बिक्रीदर ९६.७८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.४९ रुपैयाँ र बिक्रीदर १०२.९३ रुपैयाँ निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.१३ रुपैयाँ र बिक्रीदर ३८.३० रुपैयाँ कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४.११ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२८ रुपैयाँ र बिक्रीदर ३१.४२ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५८ रुपैयाँ र बिक्रीदर १२.६३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९.२४ रुपैयाँ र बिक्रीदर १९.३२ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७.८५ रुपैयाँ र बिक्रीदर १७.९३ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५०.०४ रुपैयाँ र बिक्रीदर ४५१.९८ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६८.७४ रुपैयाँ र बिक्रीदर ३७०.३४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१.०९ रुपैयाँ र बिक्रीदर ३६२.६५ रुपैयाँ तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया